शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
Loading ad...
mustang rice ad

काठमाडौं। साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत भारतसँगको पहिलो खेलमा ७–० को हार। स्कोरलाइन हेर्दा नेपाली समर्थक ‘सरप्राइज’ भएनन्।

यसअघि पनि यही टोली भारतसँग योभन्दा बढी अन्तरले पराजित भइसकेको थियो। खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ पनि समर्थकभन्दा कम देखिएनन्। उनी भन्छन्, ‘अझै ५ वटा खेल बाँकी नै छन्।’

साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत यो नेपालको युवा टोलीको पहिलो अनुभवमध्ये एक हो। सुरुका १०–१५ मिनेटसम्म आफ्नो टोलीले राम्रो कम्युनिकेशन गर्दै आत्मविश्वासका साथ खेलेको श्रेष्ठ दाबी गर्छन्।

टोलीले दुई–चार गोल गर्ने अवसर समेत सिर्जना गर्‍यो। तर, ती अवसर गोलमा परिणत हुन नसकेपछि खेलको दिशानै उल्टियो। श्रेष्ठ स्वीकार्छन्,‘यदि सुरुमा एउटा मात्र गोल गर्न सक्या भए हामी अप हुन्थ्यौं।’

नेपाल र भारतबीचको वास्तविक अन्तरबारे प्रशिक्षक श्रेष्ठले खासै ठूलो दूरी देखेनन्। उनको दृष्टिमा फरक भनेको एउटै कुरा हो– अवसरलाई गोलमा बदल्ने क्षमता।

भारतका फरवार्ड नीरा चानु र मिडफिल्डर अनुश्का कुमारीले पाएको मौका सदुपयोग गरे। तर, नेपालका खेलाडीले त्यस्तै मौका सदुपयोग गर्न असफल भए। यही कारणले स्कोरलाइन एकतर्फी देखिएको उनको भनाइ छ।

ड्रेसिङ रूममा खेलाडीहरूको अनुहार बुझ्न सकिन्छ। भारी पराजयपछि उनीहरू अलिक चिन्तित पक्कै छन्। तर, प्रशिक्षक श्रेष्ठ भने यसलाई सामान्य मान्छन्।

उनले गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साफ महिला यु–१६ च्याम्पियनसिप सम्झे। यो प्रतियोगितामा नेपालले १० गोल खाएको थियो। त्यही टोलीका एकदर्जनभन्दा बढी खेलाडी यु–१७ मा पनि छन्।

नेपालबाट उड्नुअघि उनले यो टोली पहिलाभन्दा निखार्दै गएको दाबी गरेका थिए। पहिलो खेलमा बेहोरेको यो फराकिलो हारपछि पनि उनले त्यही कुरा दोहोर्‍याए।

उनी भन्छन्,‘योभन्दा अगाडिको यु–१६ मा पनि यी खेलाडीले १० गोल खाएका थिए। अहिले पनि दुई–तीन गोल त हामी आफैंको गल्तीले खायौं। कम्युनिकेशन ट्रान्सफर नमिलेको कारण भयो। अब त्यसलाई सुधार्छौं। अर्को खेलमा यस्तो दोहोरिन्न।’

दोस्रो हाफमा प्रशिक्षक श्रेष्ठले सम्झना चन्द, अस्मिता मगर, अनु माझी, लक्ष्मी ओलीजस्ता नयाँ अनुहारलाई अवसर दिए। केही क्षणमा उनीहरूले आक्रामकता पनि देखाए। तर, स्कोर गर्न सकेनन्। यही असफलतालाई उनीहरूले अबको प्रशिक्षणमा सिकाइका रूपमा प्रयोग गर्नेछन्।

हारको बाबजुद प्रशिक्षक श्रेष्ठ निराश छैनन्। उनी भन्छन्,‘पहिलो खेल हार्‍यौं, तर प्रतियोगिता सकिएको छैन। अझै ५ वटा खेल बाँकी छन्। यदि ती खेलमा हामीले सुधार गरेर जित निकाल्न सक्यौं भने उपाधिजित्ने सम्भावना अझै बलियो छ।’

यो हारले नेपाली टोलीलाई कमजोर देखाएको छैन। बरु अझै धेरै सिक्नुपर्ने वास्तविकता देखाइदिएको छ। अब बाँकी खेलमै निर्भर छ– के यो टोली अनुभवलाई गोलमा बदल्छन् वा निराश भएर हार मानेर नेपाल फर्किन्छ? 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी