शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !

मंगलबार, ०३ भाद्र २०८२खेलपाटी संवाददाता
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली फुटबल अझै पनि किन उभोलाग्न सकेको छैन भन्ने प्रश्नमा त्रिभुवन आर्मीका मुख्य प्रशिक्षक मेघराज केसी पटक–पटक एकै कुरा दोहर्‍याउँछन्– ‘प्रोफेसनलिज्म’।

उनी भन्छन्, ‘हाम्रो खेलाडीहरूले मिहिनेतमा कुनै कसर बाँकी राख्दैनन्, प्रदर्शन पनि राम्रो हुन्छ। तर, परिणाममा भने जहिले पनि हामी चुकेका हुन्छौं।’

उनको स्मृतिमा डुरान्ड कप अझै ताजै छ। एसियाकै पुरानो र प्रतिष्ठित मानिने यो प्रतियोगितामा त्रिभुवन आर्मीले जमशेदपुरसँग खेलेको खेल विशेष गरी सम्झिन्छन् उनी। बल पोजेसनको हिसाबमा ७० प्रतिशत आर्मीको नियन्त्रणमा थियो।

जमशेदपुरले मुश्किलले ३० प्रतिशत आफ्नो नियन्त्रणमा राख्यो। झन्डै १० गोल गर्ने अवसर सिर्जना भए। तर, अन्तिममा भने आर्मी १–१ मा रोकिनुपर्‍यो। त्यसपछि जमशेदपुर नकआउट चरण हुँदै क्वार्टरफाइनलसम्म पुग्यो। तर त्यति राम्रो खेल पस्किएको आर्मी चाहिँ घर फर्कन बाध्य भयो।

केसीलाई त्यो अनुभवले एउटा ठूलो शिक्षा दिएको छ। भारतीय आर्मी, फुटबल एसोसिएसन र स्थानीय सरकारको संयुक्त पहलमा डुरान्ड कपलाई जुन स्तरमा सञ्चालन गरिएको छ, त्यो नेपालका क्लबका लागि अझै टाढाको कुरा रहेको छ। त्यहाँ इन्डियन सुपर लिग (आइएसएल)का ठूला क्लब, आइ–लिगका टोली र विदेशी आर्मीसमेत प्रतिस्पर्धा गरिरहेका थिए। त्यस्तो स्तरमा पुग्दा मात्र उनले प्रष्ट महसुस गरे– हाम्रो कमजोरी खेलाडीको क्षमतामा छैन, तर संरचना र व्यवसायिकतामा छ।

‘प्रोफेसनल खेलाडीले २० पटक गरेको काममध्ये १८ पटक सही गर्छ। हाम्रो खेलाडीले त्यही काम गर्दा मुश्किलले आठपटक मात्रै सफलता मिल्छ, १२ पटक गल्ती गर्छ,’ उनी भन्छन्। यही सानो तर निरन्तर हुने गल्तीले नै नेपाल फुटबलमा पछाडि पारेको उनको ठम्याइ छ।

२०८० साल असारमा दोस्रो पटक आर्मीको जिम्मा सम्हालेका केसी अहिले नयाँ पुस्तासँग टिम पुनःनिर्माणको यात्रामा छन्। पहिलो कार्यकालमा उनले आर्मीलाई नेपाली फुटबलमा झन्डै ८० प्रतिशत उपाधि जिताएका थिए। तर, अहिले परिस्थिति अर्कै छ। पुराना खेलाडी उमेरकै कारण रिटायर भए। केही विदेशतिर लागे। त्यसको ठाउँमा नयाँ अनुहार ल्याइएको छ। तर, यी खेलाडीमा अनुभवको कमी छ।

उनले दोस्रोपल्ट आर्मी सम्हालेयता अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग गराउन सकेको छैन। त्यसैले २६ महिनायता आर्मीका खेलाडीले गोल्डकप मात्रै खेल्न पाएका थिए। त्यसैले निरन्तरता हराएकोले टिम अझै खोजी र तयारीमै छ।

उनले गत दुई वर्षमा करिब तीन सयभन्दा बढी खेलाडीलाई ‘ट्रायल’मार्फत परीक्षण गरे। धेरैलाई क्लबमा भित्र्याए। तर, अझै नतिजा भने पहिलाको जस्तो आएको छैन।

डुरान्ड कपका लागि भने उनले विशेष रणनीति अपनाए। ‘स्टपर पोजिसन’ कमजोर देखिएपछि आर्मी बाहिरबाट अनन्त तामाङ र योगेश गुरुङलाई ल्याए। लक्ष्य नकआउट चरणसम्म पुग्ने थियो। त्यसका लागि ‘ब्यालेन्स’ मिलाउन बाहिरका खेलाडी अपरिहार्य ठाने।

‘आर्मीबाट खेलिरहने विमल पाण्डेको कानको अप्रेसन गरिएको थियो। त्यसैले त्यो पोजिसन कमजोर देखिएको थियो। त्यही भएर अनन्तलाई भित्र्याएका थियौं,’ उनले भने।

उनको व्यक्तिगत यात्रा पनि कम रोचक छैन। तीन दशकभन्दा बढी समय नेपाली फुटबलमा बिताइसकेका उनले यु–१४ देखि लिएर सिनियर राष्ट्रिय टिमसम्म सम्हाले। ‘ए’ डिभिजनका आधाभन्दा बढी क्लबसँग काम गर्ने मौका पाए।

उतारचढावले भरिएको जीवनमा धेरै पटक जितको स्वाद चाखे, धेरैपटक हारको पीडा पनि सहे। तर, अहिले उनको ध्यान अर्कैमा केन्द्रित छ– ग्रासरुट र एकेडेमी निर्माणमा।

‘म लामो समय क्लब र राष्ट्रिय टिमसँगै रहें। अब पुरानो योजना पूरा गर्ने बेला आएको छ। हाम्रो एकेडेमी प्रोजेक्टको तयारी १०० प्रतिशत भइसकेको छ। अब म धेरै वर्षदेखिको लेभल फुटबल छोडेर नयाँ पुस्ता उत्पादन गर्ने कामतिर लाग्छु,’ उनी भन्छन्।

उनको कथा एक प्रशिक्षकको व्यक्तिगत अनुभव मात्र होइन, नेपाली फुटबलको वास्तविकता पनि हो। खेलाडीहरूले मिहिनेत गर्छन्, क्षमतामा कमी छैन। तर प्रणालीगत रुपमा व्यवसायिकको आधार नबनेसम्म अन्तर्राष्ट्रिय स्तरमा परिणाम ल्याउन सकिन्न भन्ने कुरा उनले फेरि दोहर्‍याएका छन्।

उनका शब्दमा, ‘नेपालमा फुटबल अलिकति प्रोफेसनल ढंगले नचलाएसम्म हामीले राम्रो नतिजा ल्याउन सक्दैनौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी