शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. रोकिएला बार्सिलोना ?

रोकिएला बार्सिलोना ?

२०२५ अगस्ट १५, शुक्रबारखेलपाटी संवाददाता

रोकिएला बार्सिलोना ?

काठमाडौं। स्पेनिस लिग ला लिगाको नयाँ सिजनसँगै सुरु हुँदैछ। ठूला क्लबहरू फरक–फरक लक्ष्य लिएर मैदानमा उत्रिने तयारीमा छन्। 

गत सिजनको विजेता बार्सिलोना फेरि पनि कसैले हराउन नसक्ने टोली बन्ने लक्ष्यमा छ। रियल मड्रिड भने कमजोर प्रदर्शनपछि नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै पुनः लयमा फर्कने लक्ष्यमा छ।

एट्लेटिको माड्रिडले भने फेरबदल गरिएको टिममार्फत आफ्ना प्रतिद्वन्दीलाई चुनौती दिने प्रयास गर्नेछ। गत सिजन बार्सिलोनाले लिग, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दै पछिल्ला वर्षकै उत्कृष्ट सिजन खेलेको थियो। च्याम्पियन्स लिगमा पनि सन् २०१९ पछि पहिलो पटक सेमिफाइनलमा पुग्यो।

प्रशिक्षक ह्यान्सी फ्लिकको दोस्रो वर्षमा क्लबले आफ्नो सफलता थप बलियो बनाउन इङ्लिस फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याएको छ। 

उनी लमिन यमल र रोबर्ट लेवान्डोस्कीसँग आक्रमण पंक्तिमा खेल्नेछन्। यी दुईले गत सिजन लिग र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोल गरेका थिए।

यो सिजन टोलीबाट इञिगो मार्टिनेज (साउदी क्लब अल–नासर) र अन्सु फाटी (मोनाकोमा ऋणमा) बाहिरिएका छन्। एस्पानियोलका गोलकिपर जोआन गार्सिया टोलीमा थपिएका छन्।

बार्सिलोनाले शनिबार मायोर्काविरुद्ध खेल्दै सिजन सुरु गर्नेछ।

रियलको सुधारको लक्ष्य
गत सिजन रियलले बार्सिलोनालाई लिग उपाधि सुम्पियो। क्लब विश्वकप र च्याम्पियन्स लिग दुवैको फाइनलमा पुग्न सकेन। सबै चार ‘एल–क्लासिको’ खेलमा पराजित भयो। त्यसपछि प्रशिक्षक परिवर्तन हुँदै कार्लो एन्सेलोटी ब्राजिलको राष्ट्रिय जिम्मेवारी लिन गए। योसँगै रियलले पूर्वखेलाडी जाबी अलोन्सो अपेक्षित रूपमा क्लबमा भित्र्यायो।

अलोन्सोको आगमनपछि पनि तत्काल सफलता हात पारेन। क्लब विश्वकपमा रियल पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग सेमिफाइनलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो। यसपटक पनि आक्रमणको जिम्मा केलियन एमबाप्पे र भिनिसियस जुनियरकै काँधमा छ। 

तर, डिफेन्स बलियो बनाउन स्पेनिस युवा सेन्टर–ब्याक डिन हुइसेन र इङ्लिस राइट–ब्याक ट्रेन्ट एलेक्जान्डर–आर्नोल्ड अनुबन्ध गरिएका छन्। उनीहरू जुड बेलिङ्ह्यामसँग पनि खेल्नेछन्। लुका मोड्रिच १० वर्षभन्दा बढीको यात्रापछि एसी मिलान पुगेका छन्। लुकास भास्क्वेज पनि बाहिरिएका छन् र रोड्रिगोको भविष्य अझै अनिश्चित छ।

रियलले अगस्ट १९ मा घरेलु मैदानमा ओसासुनाविरुद्ध सिजन सुरु गर्नेछ।

बदलिएको एट्लेटिको
गत सिजन ठूलो अपेक्षा बोकेको एट्लेटिको माड्रिड लिगमा शीर्ष दुईसँग प्रतिस्पर्धा गर्न सकेन। यता, च्याम्पियन्स लिगमा पनि सहरकै प्रतिद्वन्दीसँग हार्दै बाहिरियो। प्रशिक्षक डिएगो सिमियोनेले यसपल्ट अघिल्लो टोलीमा ठूलो फेरबदल गरेका छन्। 

एञ्जल कोरेया, रोड्रिगो डे पउल, एक्सेल विट्सेल, रोड्रिगो रिक्वेल्मे र सेसर आजपिलिकुएता बाहिरिएका छन्।  एलेक्स बाएना, जोनी कार्डोसो, थियागो आल्माडा, ज्याकोमो रसपादोरी, माटेओ रुग्गेरी, मार्क पुविल र डाभिड हान्को क्लबमा भित्रिएका छन्।

अग्रपंक्तिमा एन्टोनियो ग्रिजमान र जुलियन अल्भारेज रहनेछन्। एट्लेटिकोले आइतबार एस्पानियोलविरुद्ध बाहिर मैदानमा खेल्नेछ। गत सिजन उत्कृष्ट प्रदर्शन गर्ने एथ्लेटिक बिल्बाओ, भिल्लारियल र रियल बेटिसले फेरि पनि शीर्ष स्थानमा चुनौती दिने लक्ष्य राखेका छन्। 

यस सिजन प्रोमोट भएका टोलीमा लेभान्टे, एल्चे र ओभिएदो छन्। लिगानेस, लास पाल्मास र भालाडोलिड भने रेलिगेसनमा परे। बार्सिलोना र रियल दुवै टोलीका खेलाडी सिजनको सुरुआतमा पूर्ण फिट छैनन्। बार्सिलोना गोलकिपर मार्क–आन्द्रे टेर स्टेगन कम्मरको शल्यक्रियापछि बाहिर छन्। 

उनी र क्लबबीच उपचार समयबारे विवाद भएको थियो। अस्थायी रूपमा कप्तानी खोसिएको थियो। तर, सहमतिपछि पुनः कप्तान बने। लेवान्डोस्कीले पनि मांसपेशी चोटका कारण सुरुआती खेलहरू गुमाउनेछन्।

रियलले बेलिङ्ह्यामलाई बाँया काँधको समस्या समाधानका लागि शल्यक्रिया गराएकको छ। त्यसैले केही खेलमा उनी हुनेछैनन्। रियल बेटिसका प्लेमेकर इस्कोको मलगासँगको मैत्रीपूर्ण खेलमा खुट्टा भाँचिएको छ। त्ययसैले सुरुआती एक महिनाका खेल गुमाउनेछन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले