यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज

अस्ट्रेलिया। नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्न लागेको टप एन्ड टी–२० सिरिज विभिन्न आठ प्लाटफर्मबाट प्रत्यक्ष प्रसार हुने भएको छ।
सिरिजमा पाकिस्तान शाहीन्स (‘ए’ टिम) र बंगलादेश ‘ए’ पनि छन्। नर्दर्न टेरिटोरी क्रिकेटका अनुसार दुई एसियाली क्रिकेट शक्ति राष्ट्रसँगै नेपाल पनि सहभागी हुनेछ।
यो सिरिजको प्रत्यक्ष प्रशारण अस्ट्रेलियाको सेभेन प्लस स्पोर्टमार्फत हुने भएको छ। सेभेन प्लस ले सेमिफाइनल र फाइनलसहित १३ वटा खेल प्रत्यक्ष देखाउनेछ। त्यस्तै, क्रिकेट अस्ट्रेलियाको युट्युब च्यानलमार्फत पनि सबै खेल विश्वभरका दर्शकले हेर्न सक्नेछन्।
अस्ट्रेलियाबाहेक अन्य मुलुकका दर्शकले फरक–फरक अन्तर्राष्ट्रिय प्रसारण साझेदारमार्फत खेल हेर्न पाउनेछन्। पाकिस्तान ‘ए’ यो सिरिजमा लगातार तेस्रो वर्ष सहभागी हुँदैछ।
यसअघि २०२३ र २०२४ मा पनि उनीहरूले सहभागिता जनाएका थिए। बंगलादेश ‘ए’ टिमले भने २०२४ को फाइनलमा एडेलेड स्ट्राइकर्स एकेडेमीसँग हार बेहोरेको थियो।














