शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटरिङ एकेडेमीको सुरुवात

आइतबार, २५ श्रावण २०८२खेलपाटी संवाददाता
मोटरिङ एकेडेमीको सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नेपाल अटोमोबाइल्स एसोसियसन (नासा नेपाल)ले मोटरिङ एकेडेमीको घोषणा गरेको छ । 

काठमाडौंमा आयोजित ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी’ को अवसरमा अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए)का उपाध्यक्ष ग्रेग क्राफ्ट, स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको उपस्थितीमा  एकेडेमीको घोषणा गरिएको हो । 

मोटरिङ्ग नेपाल तथा नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय रोड फेडेरेसन (एफआरएफ) तथा अन्तर्राष्ट्रिय पावरबोट युनियन (युआइएम) जस्ता अटोमोवाइल, सडक तथा यातायात श्रेत्रका अन्तर्राष्ट्रिय फेडेरेसनहरुसंग समेत सहकार्य गर्ने गरी काठमाडौंमा ‘मोटरिङ एकेडेमी’ सुरु गरिएको हो । 

एकेडेमीले इनोभेसन, रेसिङ, राइडिङ, ड्राइभिङ र टुरिङ सम्बन्धी सीप विकासलाई प्रबर्द्धन गर्ने, सुरक्षा बढाउने र मोटर स्पोर्ट्सप्रतिको रुचि तथा उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । 

‘मोटरिङ एकेडेमीले सवारी साधन मर्मत, सुरक्षा र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी पाठ्यक्रमहरू सञ्चालन गर्नेछ, जसको उद्देश्य सडक दुर्घटना कम गर्नु र सवारी साधनको मर्मतसम्बन्धी सचेतना बढाउनु हो ।’ नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले भनेका छन् । 

अटोमोवाइल, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान, सैद्घान्तिक र प्राविधिक तालिम तथा स्किल ट्रान्सफर्मेसन जस्ता कार्यका लागी मोटरिङ एकेडेमीको सुरुवात गरिएको छ ।

‘रेसिङ अन्तर्गत यसको सीप विकास, सेफ्टी ट्रेनिङ, ट्यालेन्ट पहिचान र नेटवर्किङ लगायतका कार्य हुनेछ ।  मोटरिङ एकेडेमीले मोटर स्पोर्ट्स इन्जिनियरिङ, रेसिङ्गका प्रविधि तथा रणनीति र उन्नत ड्राइभिङ प्रविधि सम्बन्धी विशेष पाठ्यक्रमहरू उपलब्ध गराउनेछ, जसको लक्ष्य प्रतिस्पर्धात्मक रेसिङमा सेफ्टी कल्चरलाई प्रोत्साहन गर्नु र ट्र्याकमा सहभागीहरुको सीप अभिवृद्धि गर्नु हो ।’ भट्टराईले थपे । 

एकेडेमीमार्फत सञ्चालन गरिने कामका लागि एक व्यवस्थापन समिति रहने छ । व्यवस्थापन समितिको नेतृत्व ईन्जिनियर महेश अधिकारीले गर्नेछन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट एक जना, मोटरिङ नेपालबाट एक जना, एक जना विज्ञ सदस्य र एक जना व्यवस्थाक सहित ७ जनाको एक समिति रहने छ । यसले सम्पूर्ण नीतिगत, व्यवस्थापकीय र दैनिक कार्य सञ्चालन गर्नेछ । 

विश्वका अटोमोबाइल क्षेत्रमा एफआईए इन्स्टिच्युट तथा एफआईए फाउन्डेसन, एफआईएम एकेडेमी, युआईएम एकेडेमी लगायतका विभिन्न अध्ययन अनुसन्धानसँग सम्बन्धित संस्थाहरुले यो क्षेत्रमा कार्य गरिरहेको सन्दर्भमा नेपालमा प्रस्ताव गरिएको यो एकेडेमीले इनोभेसन, डाइभ टुरिजम, रेसिङ लगायतको संयोजन गर्ने बताईएको छ ।

एकेडेमीको सुरुवातका लागी एफआइएमबाट पाँच हजार यूरो सहयोग भएकोमा नेपाल अटोमोवाइल्स एसोसिएसनले पचास लाख बराबरको समाग्री सहयोग गर्ने बताईएको छ । 

एकेडेमीको सचिवालय संचालन मोटरिङ्ग नेपालले गर्ने बताईएको छ । मोटरिङ्ग नेपाल, नेपालको अटोमोवाइल क्षेत्रको एउटा सामाजिक संस्था र नेपाल अटोमोवाइल्स एसोसिएसनको एसोसिएट मेम्बर समेत हो ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा