शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम

आइतबार, ११ श्रावण २०८२खेलपाटी संवाददाता
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
mustang rice ad

पोखरा । गण्डकी अटोमोबाइल्स एसोसिएसनको संयोजन तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल एन्ड ट्रेनिङ कमिसनको आयोजनामा मोटर स्पोर्ट्स सम्बन्धि अभिमुखिकरण कार्यक्रम पोखरामा सञ्चालन भएको छ । 

गण्डकी प्रदेश खेलकुद परिषदका सचिव ध्वज कुमार लामाले गण्डकी क्षेत्रमा मोटर स्पोर्ट्सका विभिन्न कार्यक्रम भइरहेको सन्दर्भ उल्लेख गर्दै मोटर स्पोर्ट्सलाई सुरक्षित गर्नका लागि युवा बीच गरिएको कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

उनले आगामी दिनमा मोटर स्पोर्ट्सलाई अझै सुरक्षित बनाउन र युवाको सहभागिता वृद्धि गर्न यसले भूमिका खेल्ने अपेक्षा गर्दै यसका लागि आयोजकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा नासा नेपाल, मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशीष रौनियारले मोटर स्पोर्ट्सका विविध विषयमा प्रस्तुतीकरण दिए । जसमा मोटर स्पोर्ट्स इभेन्ट व्यवस्थापन, मार्सलिङ, इभेन्ट गाइडलाइन, सेफ्टी तथा इभेन्ट क्यालेन्डर जस्ता विषय थिए । 

सहभागीले मोटर स्पोर्ट्स सम्बन्धी विविध जानकारी लिनुका साथै मोटर स्पोर्ट्स कार्यमा संलग्न हुनका लागि आवश्यक प्राविधिक ज्ञान पाएका थिए । 

अभिमुखिकरण कार्यक्रममा मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धिताल लगायतले सहजीकरण गरेका थिए ।

सहभागीले यस्ता कार्यक्रम आगामी दिनमा समेत आयोजना गर्न र अझै थप ज्ञान प्रदान गर्न आग्रह गरेका थिए । 

कार्यक्रमको अन्त्यमा गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यो वर्ष मोटर र्याली, ट्रान्स हिमालय एड्भेन्चर, पोखरा मोटो इन्ट्युरो, गण्डकी अटोक्रस र डीटी एमएक्स च्याम्पियनसिप सिरिजको आयोजना, आवद्धता तथा सहयोग गरिने घोषणा गर्नुका साथै मार्सल ट्रेनिङ लगायतका विभिन्न कार्यक्रम गरिने बताए । 

गण्डकी प्रदेशमा मोटर स्पोर्ट्स सुरक्षित गर्न, इभेन्ट व्यवस्थापन गर्न, दक्ष मार्सल बन्न लगायतका विभिन्न क्षेत्रमा सो अभिमुखिकरण कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

पोखरा केन्द्रित राइडर, ड्राइभर तथा मोटर स्पोर्ट्समा संलग्न करिव ३० जना सहभागी सो कार्यक्रमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने आयोजकले जनाएको छ । 
 

LiNing Ad
मोटर स्पोर्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै