काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप अन्तर्गतको अल्पाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेन्जिङ शेर्पा र महिलातर्फको उपाधि गौरी माया तामाङले जितेका छन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शनिबार भएको प्रतियोगिता छिरिङले कुन्द शेर्पालाई पछि पार्दै उपाधि जितेका हुन् । पुरुषतर्फ शुकदेब थापा तेस्रो भए । महिलातर्फ संगीता लामा दोस्रो र सजनी लामा तेस्रो भईन् ।
अल्पाइन स्की जुनियरको पुरुषतर्फ दिपेश लामा पहिलो, दिनेश कुमार बोहरा दोस्रो र आशिक गुरुङ तेस्रो भए । महिला जुनियरतर्फ लक्ष्मी राई पहिलो, प्रियंका गुरुङ दोस्रो र पलिस बज्राचार्यले तेस्रो भईन् ।
स्नो बोर्ड स्कीतर्फको उपाधि राजन केसीले हात पारे । विवेक तिवारी क्षेत्री दोस्रो र नभिन तामाङ तेस्रो भए ।
नेपाल स्की एसोशियसनको आयोजनामा मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा १४ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ र संघका पदाधिकारीले पुरस्कृत गरेका थिए ।
तस्बिर : निरज श्रेष्ठ