एजेन्सी । भारतले खेलकुद क्षेत्रको बजेटमा १० प्रतिशतले वृद्वि गरेको छ । आर्थिक बर्ष २०१९/२० का लागि प्रस्तुत गरिएको अन्तरिम बजेटमा सरकारले १० प्रतिशतले बजेटमा वृद्वि गरेको हो ।
सरकारले यस पटक खेल क्षेत्रमा २२१६ दशमलव ९२ करोड रुपैयाँ दिने घोषणा गरेको छ । पछिल्लो बर्ष सरकारले खेल क्षेत्रमा २००२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस पटक स्पोर्टस अथोरिटी अफ ईन्डियालाई अतिरिक्त ५५ करोड रुपैयाँ दिईनेछ । खेलाडीलाई दिईने पुरस्कार राशीमा समेत वृद्वि गरिएको छ ।
पछिल्लो बर्ष करिब ३ सय १६ करोड रुपैयाँ विनियोजन गरिएकोमा यस पटक ४ सय ११ करोड दिने घोषणा गरिएको छ ।