टाइम्स फाइनलमा

काठमाडौं। हाउन्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउन्ड्सलाई ९२–६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ।
हाउण्ड् यसअघि पहिलो चरणमा बेहोरेको हारको बदलासमेत लिएको टाइम्सले हाउन्ड्स समान नै १७ अंक जोडेको थियो। दुवैले १० मध्ये समान ७ खेल जित्दा ३ खेलमा हार बेहोरेको थियो।
यसअघि हाउन्ड्सले टाइम्सलाई ७५–७१ ले पराजित गरेको थियो भने आजको खेलमा टाइम्स २५ अंक अन्तरले विजयी भयो। दुई टिमको अंक बराबर भएको अवस्थामा हेड टु हेडमा धेरै अंक जोडेकोले टाइम्सले बाजी मारेको हो।
हाउन्ड्स भने अधिकांश समयम लिगको शीर्ष स्थानमा रहेपनि अन्तिम दुई खेलमा लगातार हारपछि अभागी बन्दै फाइनल पुग्न सकेन। यसअघि हाउन्ड्स गोल्डेनगेटसँग पराजित भएको थियो।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्स टाइम्स विरुद्ध पहिलो क्वाटरमा २०–१९ को झिनो अग्रता लिएको थियो। तर दोस्रो क्वाटरमा पुनरागमन गर्दै ३१–२७ ले आफ्नो पक्षमा पारेपछि हाफटाइसम्म टाइम्सले ५०–४७ को अग्रता बनायो।
तेस्रो क्वाटर टाइम्सले २१–१४ ले आफ्नो पक्षमा पारेपछि अन्तिम क्वाटरअघि नै ७१–६१ को अग्रता बनाएको थियो। चौथो तथा अन्तिम क्वाटर टाइम्सले एकपक्षीय रूपमा २१–६ ले आफ्नो पक्षमा पारेपछि पराकिलो जित हात पारेको हो।
टाइम्सका मबिन्द्र भण्डारी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। टाइम्सका लागि मनीष केसीले सर्वाधिक २७ अंक स्कोर गरे। हाउन्ड्सका सिमोन गुरुङले १७ अंक स्कोर गरे।










-1766318481555.jpeg&w=3840&q=75)
-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)