सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश

बुधबार, ०७ जेठ २०८२खेलपाटी संवाददाता
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
Loading ad...
mustang rice ad

काठमाडौं।  उच्च अदालत पाटनले सुभाष श्रेष्ठ नेतृत्वको नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिलाई काम गर्न रोक लगाएको छ। 

उच्च अदालत पाटनका न्यायाधिशद्धय मुनेन्द्र प्रसाद अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले ब्याडमिन्टन संघको तदर्थ समिति गठन गर्ने निर्णय र सोही निर्णयको आधारमा तदर्थ समिति गठन गर्ने पत्र कार्यन्वयन नगर्न नगराउन र यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको हो। 

निर्वाचन नभएको भन्दै संघ विगठन गरेर तदर्थ समिति गठन गर्ने निर्णयविरुद्ध रामजीबहादुर श्रेष्ठ नेतृत्वको नेपाल ब्याडमिन्टन संघले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थियो। 

अदालतले निर्वाचन सम्पन्न गर्ने गरी सार्वजनिक सूचना प्रकाशित भएको र सोही मितिमा निर्वाचन कार्यक्रम समेत सम्पन्न भएको देखिएको भन्दै अन्तिम टुङ्गो नलागेसम्म तदर्थ समिति गठन गर्ने कार्यलाई अघि नबढाउन अन्तरिम आदेश दिएको हो। 

सरकारले ब्याडमिन्टनसहितका निर्वाचन नभएका खेलकुद संघ विगठन गर्दै तदर्थ समिति गठन गरेर निर्वाचन प्रकृयालाई अघि बढाएको छ।

राष्ट्रिय खेलकुद परिषद्का संघका पूर्वउपाध्यक्ष सुुभाष श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो। तर आफ्नो संघको निर्वाचन भइसकेको भन्दै रामजीबहादुर श्रेष्ठ नेतृत्वको ब्याडमिन्टन संघले विधान अनुसार चार वर्ष काम गर्न पाउनुपर्ने आधारसहित अदालत पुुगेको हो।

"राखेपले ब्याडमिन्टन संघको निर्वाचन भैसकेको भन्दै यसअघिनै अदालतमा पत्र पठाएको छ। तर अहिले निर्वाचन नभएको भन्दै तदर्थ समिति गठनको निर्णय गरेको छ। जुन आफ्नै यसअघिको पत्र विरुद्धमा छ।" संघका कोषाध्यक्ष तिलक पाण्डेले भने। 

"संघ विगठन गरेर तदर्थ समिति बनाउने परिषदको निर्णय आधारहिन थियो। अदालतले प्रारम्भिक रुपमा न्याय दिएको महशुश गरेका छौं।" उनले थपे, "अन्तिम फैसला आएपछि विवादको विषयमा अझ प्रस्टता आउनेछ।"

Loading ad...
LiNing Ad
#ब्याडमिन्टन विवाद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

 एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा