इलाम। एपिएफका भोजबहादुर गुरुङ र उदयपुरकी रोजी राईको जोडीले प्रथम कोशी प्रदेश स्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबलको उपाधि जितेका छन्।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रनिशसिंह ठकुरी र एपिएफ झापाकी अमिता गिरीको जोडीलाई हराउँदै गुरुङ र राईले उपाधि हात पारेका हुन्।
यही विधामा भोजपुरका विशाल तामाङ र मनीषा तामाङ तथा संखुवासभाका सुनिल कार्की र इलामकी निसमहाङ्गमा सुब्बाले तृतीय स्थान हासिल गरे। विजेताले ४० , द्धितिय २० र तृतीयले ५/५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा यु–१५ सिंगलमा मोरङका प्रतीक विष्टले उपाधि जितेका छन्। भोजपुरका सन्दीप राई द्धितिय तथा ताप्लेजुङका रुद्रबहादुर गुरुङ र मिसेकहाङ चोङवाङ तृतीय भएका छन्।
४५ वर्षमाथिको भेट्रान्सतर्फ काठमाडौंका सञ्जय कपाली र पाँचथरका अनिल थाम्सुहाङको जोडीले उपाधि जित्न सफल रह्यो। स्याङ्जाका श्रवण चौधरी र उदयपुरका सन्तोष कटुवाल द्धितिय भए।
पाँचथरका दीपक आङदाम्बे र इलामका उत्तम सिम्खडा तथा सुनसरीका मणिराज लिम्बू र राम योञ्जनले तृतीय स्थानमा चित्त बुझाएका छन्। ५५ वर्ष माथिको सुपर भेट्रान्सतर्फ इलामका सञ्जय भक्तराज र उत्तम सिम्खडा उपाधि जित्न सफल भए।
बैतडीका गणेश चन्द र पूर्णचन्द्र जैसी द्धितिय, सुनसरीका मणिराज लिम्बू र राम योञ्जन तथा काठमाडौंका दिलबहादुर कन्दङवा र सुदीप योञ्जनले तृतीय स्थान हासिल गरे।
मेन्स डबलतर्फ भोजपुरका निश्चल खत्री र विशाल तामाङले उपाधि जिते। संखुवासभाका सुनिल कार्की र पविन लिङथेप द्धितिय, ताप्लेजुङका मिलिङ्ग गुरुङ र अदृश्य लिम्बू तथा एपिएफ मोरङका भोजबहादुर गुरुङ र महेश खड्काले तृतीय स्थान हासिल गरे।
मेन्स सिंगलतर्फ इलामका दिवस शंकर च्याम्पियन भए। एपिएफ मोरङका भोजबहादुर गुरुङ द्धितिय तथा भोजपुरका विशाल तामाङ र संखुवासभाका सुनिल कार्की तृतीय बने।