काठमाडौं। म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड लामो समय मैदानबाहिर रहने भएका छन्। उनलाई एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथविरुद्ध खेल्दा बायाँ खुट्टा चोट लागेको थियो।
आइतबार बोर्नमथविरुद्ध आफ्नो सिजनको ३०औं गोल गरेकै क्षण मिडफिल्डर लुइस कुकको ट्याकलमा परेर उनी घाइते भएका हुन्।
सोमबार गरिएको स्क्यानपछि मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले हालान्ड पाँचदेखि सात हप्ता मैदान बाहिर रहने पुष्टि गरेका हुन्।
उनले मंगलबार सिटीले सोमबार दिएको अस्पष्ट जानकारीभन्दा बढी ठोस समयसीबारे जानकारी दिएका हुन्। क्लबले यसअघि मात्र हालान्डले विशेषज्ञसँग परामर्श गरिरहेको र सिजनको बाँकी खेलमा उपलब्ध हुन सक्ने जानकारी दिएको थियो।
योसँगै उनले सिजनको अन्तिम तीन प्रिमियर लिग खेल र मे १७ को एफए कप फाइनलमा (यदि सिटीले नटिंघम फरेस्टलाई हरायो भने) गुमाउने छन्।
उनी एफए कप फाइनलकै समयमा मात्र फिट हुन सक्ने सम्भावना छ। उनले प्रिमियर लिगको अन्तिम खेल मात्र खेल्न पाउने सम्भावना छ। तर, जुन महिनामा अमेरिका जाने क्लब विश्वकपमा भने हालान्ड फिट हुने अपेक्षा गरिएको छ।