बुटवल लुम्बिनीको कप्तानी मनीषले गर्ने
मंगलबार, चैत १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिगअन्तर्गत दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीको कप्तानी मनीष डाँगीले गर्ने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुटवलले साँझ ६ बजे साबिक उपविजेता धनगढी एफसीसँग खेल्दैछ। तर, यो खेल नियमित कप्तान एरिक विष्टले गुमाउने छन्।
झापा एफसीविरुद्धको खेलमा उनले दोहोरो पहेंलोसहित रातो कार्ड पाएका थिए। त्यसैले उनी यस खेलका लागि प्रतिबन्धमा परेका हुन्। सोही कारण मुख्य प्रशिक्षक पुष्पलाल शर्माले मार्की प्लेयर मनीषलाई कप्तानी जिम्मेवारी सुम्पिएका हुन्।
धनगढिको यो पहिलो खेल हो। बुटवलले भने झापासँग पहिलो खेलमा गोलरहित बराबरी खेलेको थियो।












-1763569877271.jpg&w=3840&q=75)


