काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार साबिक उपविजेता धनगढी एफसीलाई बुटवल लुम्बिनी एफसीले चुनौती प्रस्तुत गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ खेल ६ बजे सुरु हुनेछ। तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल हो। यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।
धनगढीको भने यो पहिलो खेल हो। धनगढी र बुटवल यसअघि दुईपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। जसमा दुवै टोलीले समान एक खेल जितेका छन्। पहिलो संस्करणमा बुटववले १–० को जित निकालेको थियो।
दोस्रो संस्करणमा भने धनगढीले सोही नतिजा उल्टाउँदै पहिलो जित निकालेको थियो। तेस्रो भेटमा भने धनगढी जितसहित एनएसएल सुरुआत गर्न चाहन्छ। बुटवल पनि पहिलो जित धनगढीविरुद्ध निकाल्ने लक्ष्यमै हुनेछ।