काठमाडौं। शोभितमान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले मोटर र्याली २०२५ मा पहिलो भएका छन्।
गण्डकी अटोमोबाइल्स संघको आयोजनामा पोखरा भएको रोमाञ्चक प्रतिस्पर्धामा ५३ जना पुरुष र २० महिला ड्राइभरहरूले भाग लिएका थिए।
प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभित र सुशिनले उपाधि जितेका हुन्। सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले दोस्रो हासिल गरे। सुनील श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे। महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे। रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहन सफल भए।