काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आइतबार अर्को महत्त्वपूर्ण जित निकाल्दै लगातार १३औं फ्रेन्च लिग उपाधिको यात्रानजिक बनाएको छ।
दोस्रो स्थानको मार्सेलीलाई ३–१ ले पराजित गर्दै पिएसजीले शीर्ष स्थानमा १९ अंकको अग्रता बनायो। खेलमा जित निकाल्दै फ्रेन्च फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्द्विता ले क्लासिकमा पिएसजीको वर्चस्व कायमै रह्यो। पाँच दिनअघि मात्र पिएसजीले च्याम्पियन्स लिगमा इङ्लिस प्रिमियर लिग लिडर लिभरपुललाई पराजित गरेको थियो।
सन् १९९० को दशकमा मार्सेलीले फ्रेन्च फुटबलमा दबदबा जमाएको थियो। तर, सन् २०११ मा कतारी लगानीकर्ताले पिएसजीलाई खरिद गरेपछि मार्सेली निकै पछाडि पर्यो। आइतबारको जितसँगै मार्सेलीले लिगमा मार्सेलीविरुद्ध आफ्नो अपराजित यात्रा नौ खेलसम्म लम्ब्यायो।
लिग वानमा यस सिजन अहिलेसम्म अपराजित रहेको पिएसजीले खेलको १७औं मिनेटमै अग्रता लियो। उस्मान डेम्बेलेले गोलकिपर जेरोनिमो रुलीलाई छल्दै खुलेको पोस्टमा सजिलै गोल गरे। ख्विचा क्वाराट्स्खेलियाले चालाखीपूर्ण पास डाइरेक्ट गर्दै फाबियन रुइजलाई बल दिएका थिए। उनले डेम्बेलेलाई अवसर बुने।
डेम्बेले हाल युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। सन् २०२५ मा मात्रै उनले सबै प्रतियोगितामा २२ गोल गरिसकेका छन्। उनले मंगलबार लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा निर्णायक गोल पनि गरेका थिए।
मार्सेलीले पहिलो हाफमा केही राम्रो मौका सिर्जना गरेको थियो। तर, ४२औं मिनेटमा पिएसजीले अर्को गोल थप्यो। आफ्राच हाकिमीको पासलाई फाबियन रुइजले नियन्त्रणमा लिएर नुनो मेन्डेसलाई पास गरे। उनले सजिलै गोल गर्दै पिएसजीको अग्रता २–० बनाए।
दोस्रो हाफमा मार्सेलीका कप्तान एड्रियन राबिओटले नुनोको गलत ब्याकपास नियन्त्रणमा लिएर अमिन गुइरिलाई असिस्ट गरे। गुइरिले अवसर सदुपयोग गर्दै गोल गरे र मार्सेलीलाई खेलमा फर्काउने प्रयास गरे।
डेम्बेलेले एकपटक पोस्टमा हानेका थिए भने वारेन जाइर–एमेरीको प्रयासलाई मार्सेलीका गोलकिपर रुलीले टाउकोले बचाए। तर, ७६औं मिनेटमा पोल लिरोलाले आत्मघाती गोल गरेपछि मार्सेलीको पुनरागमनको आशा समाप्त भयो। हाकिमीको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै गोलपोस्टमा हानेपछि मार्सेलीले ३–१ को जित सुनिश्चित गर्यो।