विराटनगर। उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइलनमा पुगेको छ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० ले निराश बनाउँदै फ्युजन सेमिफाइलनमा पुगेको हो।
फ्युजनको जितमा युवराज थापा नायक भए। उनले ६८औं मिनेटमा गरेको निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चत गरे। रितेश तामाङले निकालेको क्रसलाई युवराजले चलाखीपूर्ण ढंगले जाली चुमाए। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेले।
दोस्रो हाफपछि एक गोलले पछि परेपछि सप्तरी आक्रमक बन्यो। खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो। तर, सफल हुन सकेन। सप्तरीका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।
६२औं मिनेटमा बिनु मगरले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमाथिबाट बाहिरियो। त्यसलगतै पुष्पराज चौधरीले गरेको प्रहार उदयपुरका गोलकिपर अनिल मगरले उत्कृष्ट बचाउ गरिदिए।
७०औं मिनेटमा सप्तरीको कप्तान सुशिलकुमार यादवले गरेको उदयपुरका अनिल बाधक बने। सप्तरीका खेलाडीले गरेको बारम्बारको कडा प्रहार उदयपुरका गोलपिकरले बिफल पारिदिए। खेलेको प्लेयर अफ द म्याच पनि उदयपुरका अनिल घोषित भए र दुई हजार एक सय पाए।