महिला लङजम्पमा प्रभालाई रजत
२०२५ मार्च १३, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको प्रशिक्षक विमला रानामगरले जनाएकी छन्। यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो।
लङजम्पसहित तीन स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा चार सय मिटर दौडमा चौथो भइन्। प्रभाले बिहीबारै दुई सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्।