काठमाडौं। ७७७ नेपाल म्याराथन्स च्यालेन्ज फागुन पहिलो सातादेखि सुरु हुने भएको छ।
नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोग र बेलायतमा रहेको नेपाल रन युकेको आयोजनामा म्याराथन हुन लागेको अध्यक्ष राजन खत्रीले जनाए।।
नेपालमा खेल पर्यटन प्रवर्द्धन गर्न जुम्लास्थित चन्दननाथ नगरपालिका ५ मा हाइ अल्टिच्युड ट्रेनिङ क्याप भवन निर्माण गर्ने उद्देश्यसहित म्याराथन गर्न लागिएको हो। फागुन ३ बाट ९ गतेसम्म सञ्चालन हुने छ। नेपालमा सात म्याराथन, सात प्रदेश र सात दिनसम्म च्यालेन्ज चल्ने खत्रीले जनाकारी दिए।
फागुन ३ गते पोखरा, ४ गते बुटवल, ५ गते धनगढी, ६ गते सुर्खेत, ७ गते हेटौँडा, ८ गते जनकपुर र ९ गते धरानमा उक्त म्याराथन सञ्चालन हुनेछन्।
४२ किमी १९५ मिटरको म्याराथनमा सात धावकहरू सन्तोष राई, रुदिन भुटिया, पृथ्वी खड्का, पाण्डव महतो, सफल लामा, अर्जुन कुलुङ्ग राई र विक्रम खनालले सहभागिता जनाउनेछन्।
हाफ म्याराथनमा ७ धावकहरू होमा पुन बेलायतबाट, सुभाष भुजेल मकाउबाट र नेपालबाट फरिना, दीपककुमार रञ्जित, रमेश शाक्य, राकेश महर्जन, दीपकबहादुर तामाङले भाग लिनेछन्। हरेक प्रदेशहरूमा स्थानीय खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।