धरान। दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ।
फाइनलमा झुनाज फिटनेसले युवा जागृति क्लबलाई ६०–५२ अंकले पराजित गर्दै दोस्रो संस्करणको उपाधिमाथि कब्जा जमाएको हो। यलम्वर क्लबको आयोजनामा आयोजित खेलको पहिलो क्वाटरमा ९–१८ अंकको अन्तरले झुनाज फिटनेस पछि परेको थियो।
दोस्रो र तेस्रो क्वाटरमा झुनाजले २०–१३ र १७–६ अंकको अग्रता बनाउँदै खेलमा फर्किएका थिए। चौथो क्वाटरमा भने युवा जागृतिले १५–१४ अंकको अग्रता बनाएका थिए।
झुनाज फिटनेसले उपाधिसँगै ३० हजार प्राप्त गरेको छ। यसै गरी उपविजेता युवा जागृति क्लबले १५ हजारमा चित्त बुझायो। प्रतियोगिताको उत्कृष्ट खेलाडी झुनाज फिटनेसका सर्वोधन राई घोषित भए। उनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २२ अंकसमेत जोडेका थिए। उनले २ हजार प्राप्त गरे।