धरान। चौथो येले दोङ ओपन महिला तथा पुरुष थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन्।
किरात नयाँ वर्ष येले दोङ ५०८५ ( यलम्वर संवत्) को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रबार आयोजना हुने एक दिने प्रतियोगितामा महिला सात र पुरुष २३ टिमले सहभागिता जनाउने धरान बास्केटबल संघले जानकारी दिएको छ।
प्रतियोगितामा धरान, मोरङ, झापालगायत जिल्ला तथा धरान आसपास क्षेत्रका टिमले सहभागिता जनाउने छन्। उद्धघाटन खेल झुनाज फिटनेस र शप्तरङ्गि बास्केटबल टिम ए बीच हुनेछ ।
प्रतियोगिताका विजेताले पुरुषतर्फ ३० र उपविजेताले १५ हजार प्राप्त गर्नेछन्। यसै गरी महिलातर्फका विजेताले २० र उपविजेताले १० हजार प्राप्त गर्नेछन्।