काठमाडौं। अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ।
नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालबाट २२ सहित ३२ टिम सहभागी हुने संघले जनाएको छ।
बंगलादेशबाट चार, भारतबाट तीन र एक पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराए। दुई टिमको टुंगो लाग्न बाँकी छ। महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन्। जसमध्ये एक खेलाडीमात्रै कोर्टमा उत्रिने नियम छ।