आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता 

शुक्रबार, माघ ११, २०८१खेलपाटी संवाददाता
कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता 
Classic Tech Internet Ad

काठमाडौं। रेड टायल्स प्रालिको आयोजनामा नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।

रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ। उनले भने,‘आठौं संस्करणमा ३९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसपालि स्कुलको परीक्षाले प्रभावित भएकाले करिब ३५० खेलाडी सहभागी हुने अपेक्षा गरेका छौं।’

भेट्रानलाई पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको हो, जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ। भेट्रनका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ पाउनेछन्। कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ। स्कुलतर्फ ब्वाइज र गर्ल्स दुवैमा यु–१०, यु–१२, यु–१४ र यु–१६ स्पर्धा समावेश गरिएको छ। स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागी हुने बताइएको छ।

झन्डै चार लाख रुपैयाँ बजेटको प्रतियोगिताबारे केसीले भने, ‘युवा खेलाडी उत्पादनका लागि हजुरबुबाको नाममा प्रतियोगिता सुरु गरिएको हो, यसलाई अझ बृहत् रूपमा निरन्तरता दिनेछौं।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले भने, ‘युवा खेलाडी उत्पादनका लागि कृष्णध्वज स्मृति प्रतियोगिता निक्कै महत्त्वपूर्ण साबित भएको छ। यो प्रतियोगिता धेरै खेलाडीका निम्ति आधार बनेको छ। यसपालि थप राम्रो हुने विश्वास छ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल