काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल जिम्न्यास्टिक संघ पुनर्गठन गरेको छ । जिम्न्यास्टिक खेलको अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गर्दै राखेपले बुधबार संघलाई पुनर्गठन गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले बनाएकाे राष्ट्रिय विवाद समस्या समाधान तथा सहजिकरण समितिको सिफारिसमा राखेपले अस्तित्वमा रहेका दुवै संघलाई पुर्नगठन गर्दै तदर्थ कमिटि गठन गरेकाे हाे । मन्त्रालयले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा सहजिकरण समिति गठन गरेको थियो ।
राखेपले ध्रुब बहादुर प्रधानको अध्यक्षतामा संघलाई पुनर्गठन गरेको हो । राखेपले बनाएको नयाँ कमिटीमा किशाेर बहादुर सिंह सहअध्यक्ष, गीता राणा उपाध्यक्ष, बाबुराम थापा उपाध्यक्ष, राजेश खड्का उपाध्यक्ष, मुकुन्द शर्मा महासचिव, मुकुन्द लाल नकर्मी सचिव, बचन देउजा कोषाध्यक्ष रहेका छन् ।
यस्तै सदस्यमा जनक भट्टराई, शैलेन्द्र श्रेष्ठ,पुरण गिरी, इन्दिरा दाहाल, शुसिल प्रकास प्रधान,कुस्मिता आचार्य, शंकर पौडेल,रामेश्वोर जोशी, सुर्य बहादुर अधिकारी,प्रमिला सिंह,राम प्रसाद बराल,अरुण राठी, मोहन भट्ट,दिपक प्रजापति,पूर्ण मन बज्राचार्य, प्रविन उप्रेती,सन्देश मानन्धर, सुनील मान सिंह, विष्णु नारायण बाछा र रुपेश विष्ट रहेका छन् ।
पुनर्गठन गरिएको संघले तीन महिनाभित्र निर्वाचन गर्नु पर्नेछ ।
पछिल्लो समय जिम्न्यास्टिक खेलका दुई संघ अस्तित्वमा रहेको थियो । एक संघलाई राष्ट्रिय र अर्कोलाई अन्तराष्ट्रिय मान्यता रहेको थियो । किशाेर बहादुर सिंहको नेतृत्वमा राष्ट्रिय र ध्रुब बहादुर प्रधानको नेतृत्वमा अन्तराष्ट्रिय मान्यता रहेको थियो ।