रोनक र राचेललाई ओपन लिड क्लाइम्बिङकाे उपाधि

काठमाडौं। ओपन लिड क्लाइम्बिङ प्रतियोगिता २०२४ को उपाधि रोनक उप्रेती र रचेल डेभिडसनले जितेका छन्। शनिबार भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र अमेरिकाकी राचेल महिलातर्फ च्याम्पियन बने।
काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा भएको प्रतिस्पर्धाको पुरुषतर्फ अमेरिकाका भिनसेन्ट सबलिच दोस्रो तथा नेपालका पेम्बा सेवाङ शेर्पा तेस्रो भए। यसैगरी महिलातर्फ नेपालकी स्वस्तिका चौधरी दोस्रो तथा अन्ने माई बन तेस्रो भइन्। स्वस्तिका गत वर्ष पनि दोस्रो भएकी थिइन्।
प्रतियोगिताको च्याम्पियन रोनक र राचेलले नगद ३५ हजार मेडल प्रमाणपत्र प्राप्त गरे। दवस्रो भएका भिनसेन्ट र स्वस्तिकाले समान २५ हजार तथा तेस्रो भएका पेम्बा र अन्नेले समान १५ हजार पाए। शीर्ष तीनमा रहेका खेलाडीहरुले पुरस्कारसँगै विभिन्न गिफ्टह्याम्परसमेत प्राप्त गरे।
अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघ आईएफएससीको नियम र मापदण्ड अनुसार सञ्चालन गरिएको एकदिने प्रतियोगितामा नेपाल र विदेशका गरी करिब ४० खेलाडीहको सहभागिता रहेको आयोजक वोङ्छु पिक प्रमोसनकी प्रवन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिइन्।
नेपाल आरोहण खेलकुद संघ (एनसीएसए) बाट मान्यता प्राप्त यस प्रतियोगितालाई अमेरिकी गैर नाफामुलक संस्था मुसा मसलाले मुख्य प्रायोजन गरेको थियो।













-1764506941728.png&w=3840&q=75)
-1764508670772.jpeg&w=3840&q=75)

