आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

टिआइए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई

मंगलबार, ०४ मंसिर २०८१खेलपाटी संवाददाता
टिआइए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई
Classic Tech Internet Ad

काठमाडौं। १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन्।

बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा भएको फाइनल खेलमा गल्सतर्फ भ्याली पब्लिकले एनसीसीएसलाई २९–२३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो। फाइनल खेलमा भ्याली पब्लिकले पहिलो र तेस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि दिलाउन पर्याप्त भयो।

भ्याली पब्लिकले पहिलो क्वाटरमा ५ स्कोर गर्दा एनसीसीएसले २ स्कोर गरेको थियो। दोस्रो क्वाटरमा एनसीसीएसले १४ स्कोर गदा भ्याली पब्लिकलाई ९ स्कोरमा रोको थियो। तर, तेस्रो क्वाटरमा भ्यालिपब्लिकले उत्कृष्ट कमब्याक गर्दै १६ स्कोर गर्दा एनसीसीएसलाई २ मा रोक्न सफल भयो। चौथो क्वाटरमा ९ स्कोर गरेको भ्याली पब्लिकले जम्मा ४ स्कोर गर्दा अन्ततः भ्याली पब्लिक ३९–२३ को  स्कोरमा विजयी हुँदै उपाधि जित्यो। भ्याली पब्लिकका लागि लोरिसा गौचनले सर्वाधिक १३ स्कोर गरिन्।

यसैगरी ब्वाइजतर्फको उपाधि भिडन्तमा ग्रीनल्याण्डले एचएचसीएलाई कम अन्तरमा पाखा लगाएको थियो। ग्रीनल्याण्डले एचएचसीएलाई ५७–५० को स्कोरमा जित निकाल्दै उपाधि जितेको हो। ग्रीनल्याण्डले पहिलो र दोस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि जित्न पर्याप्त भयो। तेस्रो र चौथो क्वाटरमा भने ग्रीनल्याण्ड पछि परेको थियो।

पहिलो क्वाटरमा १८ स्कोर गर्दा एचएचसीएले ११ स्कोर गरेको थियो। यसैगरी दोस्रो क्वाटरमा ग्रीनल्याण्डले २० स्कोर गर्दा एचएचसीएको बोर्डमा १२ मात्रै स्कोर भएको थियो।  

तेस्रो क्वाटरमा एचएचसीएले ११ स्कोर गर्दा ग्रीनल्याण्ड ८ मा रोकियो थियो भने अन्तिम क्वाटरमा एचएचसीएले १६ स्कोर गर्दा ग्रीनल्याण्ड ९ मा रोकिए पनि अन्ततः ग्रीनल्याण्डले ५७–५० को स्कोरमा जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो। ग्रीनल्याण्डका लागि सुरेश बिसीले सर्वाधिक २० स्कोर गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा गल्सतर्फ लोरिशा गौचन र ब्वाइजतर्फ सोनाम आले तामाङ घोषित भए। यसैगरी स्टाफतर्फ मिल्सवेरीले उपाधि जितेको छ। मिल्सबेरीले चेल्सी वल्ड स्कुललाई पराजित गरेको हो। यसैगरी आयोजक टिआई तेस्रो स्थानमा रह्यो  

मिल्सबेरीले सेशिल चक्रधर सर्वोत्कृट घोषित भएका थिए।  प्रतियोगिताका विजेता खेलाडीलाई बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, विद्यालयका प्रिन्सिपल उत्तम राज थापा लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ टिमले प्रतिष्पर्धा गरेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित