सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

करिअरकै उत्कृष्ट लयमा रेखा पौडेल

शनिबार, १० कार्तिक २०८१खेलपाटी संवाददाता
करिअरकै उत्कृष्ट लयमा रेखा पौडेल
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली स्ट्राइकर रेखा पौडेल अहिले करिअरकै उत्कृष्ट लयमा छिन्, जसलाई साफ महिला च्याम्पियनसिप २०२४ को समूह चरणका तीन खेलमा गरेको सात गोलले पनि साबित गर्दछ।

उनी युएईको अबुधावी कन्ट्री क्लबमा दुई महिनाअघि आबद्ध भएकी थिइन्। र, यो क्लबको लागि एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा दुई गोल पनि गरिन्। अहिले समूह चरण हुँदै अबुधावी कन्ट्री क्लब नकआउट चरणमा पुगेको छ।

एसियाली महिला क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको अनुभवले पनि हुनसक्छ, स्वदेश फर्केपछि राष्ट्रिय टोलीसँग दुई दिन मात्रै अभ्यास गर्न पाएर पनि दशरथ रंगशालामा रेखाको प्रदर्शन उच्चस्तरको देखिएको छ। विराटनगरमा पाँच वर्षअघि भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमार्फत डेब्यु गरेकी उनी यो साफमा परिपक्व देखिएकी छन्।

अबुधावीको अनुभवले निखारिएको हो ? ‘त्यहाँ र यहाँ (नेपाल) को फुटबलमा धेरै फरक छ। एकदमै उच्चस्तरको छ, एकदमै राम्रो छ,’ २३ वर्षीया रेखा भन्छिन्, ‘मलाई त्यहाँको अनुभवले यहाँ खेल्न हरेक कुरामा सहज भएको छ। राम्रो कुराहरू सिकेर यहाँ उपयोग गर्दा राम्रो भइरहेको छ।’ एएफसी च्याम्पियन्स लिग खेले पनि उनले युएई लिग खेल्न बाँकी नै छ।

भुटानविरुद्ध गोलरहित भएको खेलमा दोस्रो हाफमा खेलेकी रेखाले त्यसपछि माल्दिभ्सविरुद्ध ११–० को जितमा एक्लैले पाँच गोल गरिन्। उनको अन्तर्राष्ट्रिय खेलमा पहिलो ह्याट्रिक हो यो। समूह चरणको अन्तिम खेलमा बिहीबार श्रीलंकाविरुद्ध ६–० को जितमा पनि दुई गोल गरिन्।

यात्राले निखारिँदै
इटहरीकी उनी विराटनगर महानगरपालिकाको टिम, एपीएफ, पुलिस, उडिसा (भारत) हुँदै अबुधावी पुगेकी हुन्। यो यात्रासँगै ‘अट्याकिङ थर्ड’ मा उनको क्षमता र आत्मविश्वासले ठूलो फड्को मारेको छ।

क्लबमा अगाडि बढ्दाबढ्दै राष्ट्रिय टोलीसँगको पाँच वर्षे यात्राबारे उनी बोलिन्, ‘त्यो बेला (विराटनगर साफ) युवा थिएँ। उमेर सानै थियो। अनुभवको कमी थियो। ‘योङ ब्लड’ थियो। फुटबल खेले पनि अलिकति नबुझेजस्तो थियो। अहिले अनुभव लिइयो। के कस्तो हुन्छ भनेर जानियो।’

उनी अहिलेको नेपाली टिममा सावित्रा भण्डारी ‘साम्बा’ पछिका सर्वाधिक गोलकर्ता हुन्। रेखाको गोल संख्या ११ पुगेको छ, जसको लागि २१ खेल खेलेकी छन्। साम्बाले ५२ खेलमा ५४ गोल गरेकी छन्। उनले यो साफमा पहिलोपल्ट मैदानमा ओर्लँदा श्रीलंकाविरुद्ध एक गोल गर्न भ्याइन्।

अहिलेको टिममा अग्रपंक्ति निक्कै राम्रो छ। पहिलो रोजाईमा खेल्नेदेखि लिएर बेन्चमा बस्नेसम्म गोल गर्न र खेलको नतिजा फेर्न सक्षम छन्।

‘पहिलेदेखि नै खेलिरहेकाले मलाई साम्बा दिदीसँग खेल्न सहजै लाग्छ,’ रेखाले बताउँछिन्, ‘रश्मिसँग संयोजन मिल्छ। हामी एक अर्कालाई बुज्छौं। युवा स्ट्राइकर अमिशासँग सहजता महसुस गर्ने कोसिस गरिरहेकी छु।’

डेब्यु गरेपछि उत्कृष्ट लय समात्न रेखालाई लामै समय लाग्यो। यसबारे उनी बोलिन्, ‘यो बीचमा मेरो खेल खेल खस्किएको भन्ने होइन तर मैले अवसर पाइरहेको थिएन। अहिले पाएकी छु। राम्रो गर्ने कोसिस गरिरहेकी छु।’

गोल्डेन बुटको दौड
रेखासँगै यो साफमा भुटानी स्ट्राइकर डेकी लाजोम सर्वाधिक गोलकर्ता हुन्। दुवैको गोल संख्यामा समानता छ। पहिलो खेलमा वैकल्पिक खेलाडीको रूपमा खेल्दा गोलको खाता खोल्न असफल, माल्दिभ्सविरुद्ध ५–५ गोल र श्रीलंकाविरुद्ध २–२ गोल। दक्षिण एसियाली महिलाको फुटबलको सातौं संस्करणमा ‘गोल्डेन बुट’ को लागि यी दुई खेलाडी मुख्य दाबेदार देखिएका छन्।

किनभने सेमिफाइनलमा कडा प्रतिस्पर्धा हुँदै गोल कम निस्कन सक्छ। फाइनल प्रवेशका लागि आइतबार समूह ‘बी’ को विजेता नेपालले समूह ‘ए’ उपविजेता भारतविरुद्ध खेल्नेछ भने समूह ‘ए’ विजेता बनेको डिफेन्डिङ च्याम्पियन बंगलादेशले समूह ‘बी’ को उपविजेता भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

उपाधि जित्ने विश्वास
यो सेमिफाइनलमा नेपालको प्रतिस्पर्धीबारे रेखा भन्छिन्, ‘पहिला हेरि भारतीय टिम थोरै फेरिएको छ। फरवार्ड लाइन अलि राम्रो छ। हाम्रो टिममा पनि केही पाटो परिवर्तन भएको छ। दुई वर्षयता ट्याक्टिकल र फरवार्ड लाइनमा अलि कति सुधार भएको छ। मिडफिल्डमा पनि केही परिवर्तन भएको छ। हामी सेमिफाइनल खेल्न उत्साहित छौं।’

दशरथ रंगशालामै भएको साफ महिला २०२२ को सेमिफाइनलमा नेपालले रश्मिकुमारी घिसिङको उत्कृष्ट गोलमा भारतलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको थियो। पाँचपल्टको च्याम्पियन भारतविरुद्ध नेपालको पहिलो जित हो त्यो।

फेरि भारतविरुद्धको सेमिफाइनलबारे रेखा भन्छिन्, ‘कसैलाई पनि हार्न मन लाग्दैन, जसले पनि आफूलाई च्याम्पियन हुने सोचिरहेको हुन्छ। हामीलाई जित्छौंजस्तो लाग्छ, जित्नेमा विश्वास लाग्छ।’ घरेलु मैदान र घरेलु दर्शकमाझ खेल्दा बेग्लै ऊर्जा प्राप्त हुने पनि उनले बताइन्।

गत माघमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको फाइनलमा उपाधिनजिक पुगेर पनि टाइब्रेकरमा जोर्डनविरुद्ध हारेको खेलले धेरै पाठ सिकाएको उल्लेख गर्दै भनिन्, ‘आशा गरौं यसपालि हाम्रो उपविजेताको ट्याग तोडिन्छ। विश्वास सबैभन्दा ठूलो कुरा हो। हामी सबैले कामना गरौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य