‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड
-1762161953662.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टरको इत्तिहाद रंगशालामा आइतबार साँझ केही क्षणका लागि सबैको ध्यान एक व्यक्तिमाथि केन्द्रित भयो, एर्लिङ हल्यान्ड।
गोलपोस्टमा बल ठोकिएपछि उनी दौडिए र अचानक रोबोटजस्तै हाउभाउ गर्दै रोकिए। दर्शकहरू हाँसे अनि चिच्याए,‘हामीले फेरि हाम्रो मेसिनलाई देख्यौं।’
म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ ले हराउने क्रममा हल्यान्डले दुई गोल गरे। र, त्यो पहिलो गोलपछि उनको नयाँ ‘रोबोट-स्टाइल सेलिब्रेशन’ गरे। अहिले सोशल मिडियामा त्यो ट्रेन्डिङ बनेको छ।
२३ वर्षीय नर्वेजियन स्ट्राइकर हाल जबरजस्त फर्ममा छन्। उनले यस सिजन क्लब र देशका लागि १६ खेलमा २६ गोल गरिसकेका छन्। यसमा लगातार चारवटै घरेलु लिग खेलमा समान दुई गोल समावेश छन्।
उनका १३ प्रिमियर लिग गोल हालसम्म कुनै पनि खेलाडीको भन्दा दोब्बर छन्। हल्यान्डले खेलपछि भने,‘म मेरो काम गर्छु। जब हामी जित्छौं, सबै खुसी हुन्छन्। म यही गर्न चाहन्छु।’
गत खेलमा (एस्टन भिल्लाविरुद्ध) गोल गर्न नसकेका उनले थपे,‘कहिलेकाहीँ गोल नहुँदा पनि म टोलीका लागि अन्य तरिकाले योगदान दिन्छु — ड्युअल जितेर वा असिस्ट गरेर। मुख्य कुरा भनेको जित्नु हो।’
हल्यान्ड आफ्नो हरेक गोलपछि फरकफरक तरिकाले सेलिब्रेट गर्ने गर्छन्। कहिले योग ध्यान मुद्रामा बस्छन्, कहिले एक कानतिर औँला र अर्को हात आकाशतिर देखाउँछन्। अब उनको नयाँ ‘रोबोट मूभ’ सेलिब्रेशन फ्यानहरूबीच निकै चर्चित बनेको छ।
बर्नमाउथका मिडफिल्डर डेभिड ब्रुक्सले भने,‘उनी ६ फिट ५ इन्च अग्ला छन्, असाध्यै छिटा, बलमा बलिया र हवाई खेलमा अद्भुत। उनलाई रोक्नु लगभग असम्भव छ‘हल्यान्डजस्तो खेलाडीलाई रोक्नु भनेको आँधी थाम्न खोजेजस्तो हो।’











-1762169166191.jpg&w=3840&q=75)