काठमाडौं । अष्ट्रेलिया र बंगलादेशमा व्यवासायीक क्रिकेट खेलेर सन्दीप लामिछाने आज (सोमबार) स्वदेश फर्किएका छन् । आसन्न युएईको भ्रमणमा सहभागि हुन सन्दीप बंगलादेशबाट नेपाल फर्किएका हुन् ।
सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए । बीपीएल अघि सन्दीपले बिग बास लिग खेलेका थिए । मेलबर्न स्टार्सबाट बिग बास खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।
नेपाली क्रिकेटको अन्तराष्ट्रिय आईकन बनेका सन्दीपसंग नेपाल ओर्लिए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलपाटीकर्मी रमेश सुबेदीले गरेको कुराकानी ।
अष्ट्रेलिया र बंगलादेशको यात्रा कस्तो रह्यो ?
यात्रा एकदमै रमाईलो भयो । प्रर्दशन सबै राम्रो भयो । व्यक्तिगत रुपमा राम्रो खेल्न सके । टिमलाई सहयोग नै गरे ।
अष्ट्रेलियामा रहदाँ विकेट झर्यो । तर बंगलादेशमा विकेट झर्न सकेन । किन ?
बंगलादेशमा विकेट झार्न गाह्रो भएको हैन । तर जोखिम लिएर खेल्नु थिएन । धेरै अवसर समेत गुमाए । समग्रमा विकेट लिएर मात्र हुने हैन ।
तपाई लगातार विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलिरहनु भएको छ । यसले नेपाललाई कस्तो फाईदा पुग्छ ?
मेरो प्रर्दशनले टिमलाई समेत फाईदा पुग्छ । विदेशी भुमिमा मैले केही गर्न थियो । अरु खेलाडीलाई समेत केही गर्न पर्छ भन्ने परेको छ ।
अष्ट्रेलियामा खेल्दा धेरै दर्शक तपाईको समर्थन गर्न आएको हामीले देख्न पायौ । कस्तो लाग्यो ?
विदेशी भुमीमा दर्शकको माया पाउनु सौभाग्य हो । मैले धेरै माया बाहिर समेत पाए । जहाँ गएपनि मेरो ख्याल गर्ने हुनुहुन्छ, मलाई खुसी लाग्छ । म सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाल होस वा बाहिर, जहाँ गएपनि दर्शकको माया पाईन्छ । यो गौरवको बिषय हो ।
अब नेपालले युएईसंग वान डे र टी ट्वान्टी सिरिज खेल्दैछ । तपाईको योजना के छ ?
युएईसंगको खेलबारे केही सोचेको छैन । सामान्य नै लागिरहेका छ । योजना जति सामान्य राख्यो, त्यत्तिनै राम्रो हुन्छ । तयारी राम्रो हुनेछ । राम्रो फर्ममा छु जस्तो लागिरहेका छ ।
युएईपछिको योजना के छ ?
बंगलादेश र अष्ट्रेलियामा मेरो टोलीले गर्ने प्रर्दशनमा मेरो योजना निर्भर हुनेछ । टिम प्लेअफमा पुगेमा अवश्य म त्यहाँ हुनेछु ।