शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफको टिकेटिङ अधिकार ८० लाखमा बिक्री

मंगलबार, २९ आश्विन २०८१खेलपाटी संवाददाता
साफको टिकेटिङ अधिकार ८० लाखमा बिक्री

सम्झौता पत्रमा हस्ताक्षर गर्दै एन्फाका महासचिव किरण राई र माउन्ट एभरेष्ट स्पोर्ट्स एन्ड इभेन्ट्सका सीईओ थम्मन भुसाल । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ को टिकेटिङ अधिकार माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत् ८० लाख रुपैयाँमा लिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले यो साफबाट समग्रमा एक करोड सात लाख रुपैयाँ कमाउने भएको छ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा मंगलबार भएको टिकेटिङ अधिकार बिक्रीको सम्झौता–पत्रमा एन्फाका महासचिव किरण राई र माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्सका सिइओ थम्मन भुसालले हस्ताक्षर गरे। एन्फाले एडी रिलिजलाई टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार २५ लाख रुपैयाँमा बिक्री गरिसकेको छ।

तसर्थ एन्फाले सातौं साफ महिला च्याम्पियनसिपको टिकेटिङ, टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ र डिजिटल अधिकार बिक्रीबाटमात्रै एक करोड पाँच लाख रुपैयाँ आर्जन गर्ने भएको छ, जुन छैटौं संस्करणको तुलनामा ४२ लाख बृद्धि भएको हो। काठमाडौंमै दुई वर्षअघि भएको छैटौं संस्करणको टिकेटिङ, ब्रोडकास्टिङ र मार्केटिङ अधिकार एन्फाले हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्टलाई ६३ लाख रुपैयाँमा बिक्री गरेको थियो।

सम्झौतापछि सिइओ भुसालले भने, ‘नेपालमा महिला फुटबल निक्कै लोकप्रिय छ र टिमले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। त्यसैले महिला फुटबललाई साथ दिनको लागि यो साफको टिकेटिङ राइट्समा ८० लाख रुपैयाँ लगानी गरिएको हो। यसले नेपाली फुटबललाई व्यवसायिक बाटोमा अगाडि बढाउन सहयोग गर्ने विश्वास छ।’

यसपालि एन्फाले रंगशालामा फुड स्टल दुई लाख रुपैयाँमा शिवांश फुड एन्ड वेभरेजलाई दिएको छ। त्यसैले एन्फाले सातौं साफ महिला च्याम्पियनसिपबाट कुल एक करोड सात लाख रुपैयाँ आर्जन गर्ने भएको छ।

७ टिम, १२ खेल

सातौं साफमा १२ खेल सञ्चालन हुनेछन्। लिग चरणमा नौ, सेमिफाइनलमा दुई तथा फाइनलमा एक खेल हुनेछन्। यी सबै खेल कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन गरिनेछ। वैकल्पिक मैदानको रूपमा एन्फा कम्प्लेक्स, सातदोबाटो रहेको छ।

साफमा लगातार दोस्रोपल्ट दक्षिण एसियाली सातै देशका टिमले प्रतिस्पर्धा गर्दैछन्। डिफेन्डिङ च्याम्पियन बंगलादेश, कीर्तिमान पाँचपल्टको विजेता भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने घरेलु टिम नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटानले समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछन्। समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।

भुटान बुधबार आइपुग्ने छ। बाँकी सबै टिम काठमाडौं ओर्लिसकेका छन्।

साफ महिला लगातार तेस्रोपल्ट नेपालमा

नेपालले लगातार तेस्रोपल्ट साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो। सन् २०१० मा कक्सबजार, बंगलादेशबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करण विराटनगर (२०१९) मा भएको थियो भने छैटौं संस्करण २०२२ (काठमाडौं) मा आयोजना गरिएको थियो।

नेपाली टिम सातमध्ये ६ संस्करणको उपविजेता पनि हो। दशरथ रंगशालामा भएको दुई वर्षअघिको फाइनलमा नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलोपल्ट साफ च्याम्पियन भएको थियो। सुरुका पाँच संस्करणमा भारत च्याम्पियन भएको थियो।

बजेट ४ करोड ६० हजार

एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै चार करोड ६० हजार आठ सय रुपैयाँ बजेटमा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्न लागेको जनाएको छ। दुई वर्षअघिको साफ तीन करोड ४७ लाखको बजेटमा सञ्चालन गरिएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान