मिलानको चारमा चारवटै जित
-1762399930574.webp&w=3840&q=75)
काठमाडौं। इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो उत्कृष्ट फर्म जारी राख्दै काजाकिस्तानको क्लब कैराटलाई २–१ ले पराजित गर्यो।
गत वर्षको उपविजेता इन्टर यस जितसँगै चार खेलमै चारै जित निकाल्दै पूर्ण अंकसहित शीर्ष स्थानमा रहन सफल भयो। यससँगै इन्टरले बायर्न म्युनिख र आर्सनलसँगै सुरुवाती चारै खेल जित्ने टोलीको सूचीमा नाम जोड्यो।
इन्टरका कप्तान लाउटारो मार्टिनेजले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाए भने दोस्रो हाफमा कार्लोस अगस्टोले निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।
कैराटले दोस्रो हाफको सुरुवातमै ओफ्री आराडको गोलमार्फत बराबरी गरेको थियो। तर, त्यसपछि अगस्टोको गोलले घरेलु टोली इन्टरलाई तीन अंक दिलायो।
इन्टरका डिफेन्डर फेदेरिको डिमार्कोले भने,‘हामीलाई थाहा थियो पहिलो चार खेल जित्नु जरुरी छ र हामीले त्यो हासिल गर्यौं। अब हरेक खेललाई छुट्टै चुनौतीको रूपमा लिनुपर्छ, किनभने च्याम्पियन्स लिगमा हरेक खेल कठिन हुन्छ।’







-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


