शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन

आइतबार, १३ आश्विन २०८१खेलपाटी संवाददाता
पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको उद्घाटन
Loading ad...
mustang rice ad

काठमाडौं। बन्दी सहायता नियोग (पाम) ले निर्माण गरेको पाम कम्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन गरिएको छ। नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा नारायणकाजी श्रेष्ठले सेन्टरको एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरे।

नागार्जुन नगरपालिका वडा १ स्थित विजुलीचोक, एकलटारमा नवनिर्मित सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा छन्। जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागार्जुन नगरपालिकाको सहयोगमा करिब १ करोड ७७ लाख लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ।

सन् २०२३ को मेमा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो। पामका जुडो प्रमुख प्रशिक्षक समेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसँगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउँदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाए। टोकियो ओलम्पिक– २०२० मा जुडोकी सोनिया भट्ट सहभागी हुँदा सूर्यनारायण उनका प्रशिक्षक थिए।

जुडो खेलमा पामका खेलाडीको गर्विलो उपस्थिति रहँदै आएको छ। १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) की रजतलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी मनिता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन्। मनिताले ओलम्पिकसम्मको यात्रा तय गरिसकेकी छन्। 

मनिताले पेरिस ओलम्पिक–२०२४ मा ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटा मार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन्। तीन दाजु बहिनी इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया र निशा आ–आफ्नो तौल समूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुन्। 

इन्द्रले १२औं सागमा कांस्य र १३ औं सागमा रजत जितेका थिए। देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण जितेकी थिइन्। मनिता, इन्द्र र देवकीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन्। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुबोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण जितेका छन्।

विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले सन् १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालबालिका आश्रित छन्। सबै जुडो खेल्छन्। उनीहरूका अलावा समुदायका ६२ बालबालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन्।
सेन्टर उद्घाटनका अवसरमा मनितासहित पामका अध्यक्ष श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

उनीहरूलाई सम्मान गर्नुका कारण खुलाउँदै सूर्यनारायणले भने– ‘मनिताले जुडो खेल मार्फत नेपाललाई थुर्पै पदक दिलाएर राष्ट्रको गौरव बढाउनु भएको छ। अध्यक्ष श्रेष्ठले पाम कुनै समय दुरावस्थामा हुँदा यसलाई सुधार्न उहाँको सक्रियता, पहल र योगदान महत्त्वपूर्ण र प्रशंसनीय छ।’
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान