शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

काठमान्डु गोर्खाजमा सन्नी

शुक्रबार, कार्तिक २२, २०८२खेलपाटी संवाददाता
काठमान्डु गोर्खाजमा सन्नी
Classic Tech Internet Ad

काठमाडौं। अलराउन्डर सन्नी पटेललाई काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ।

योसँगै काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले अधिकतम ६ विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ।

काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ। इरसमस बाहेक अन्य सबैले पहिलो पटक गोर्खाजको जर्सी लगाएर खेल्न लागेका हुन्।

पटेल भने नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन्। उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए। डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन्। अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सोक्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए। च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए। उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ।

‘सन्नी एटलान्टा फायरको एक महत्वपूर्ण हिस्सा रहेका थिए। मैले उनको खेल प्रत्यक्ष हेर्दै आएको छु, उनले आफ्नो खेलमा उत्साह, संयमता र परिपक्वता ल्याएका छन्,’ मोन्टीले भने, ‘उनी बल र ब्याट दुबैमा उच्च योगदान दिन सक्छन्। मेजर लिग क्रिकेटमा खेलेको उनको अनुभव गोर्खाजका लागि अमुल्य बन्न सक्छ। गोर्खाज परिवारमा उनलाई समावेश गर्न पाउदा हामी उत्साहित रहेका छौं। उनको बहुमुखि प्रतिभा र व्यावसायीकताले हाम्रो टोलीको सन्तुलनलाई बलियो बनाउने छ।’

सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्यु योर्कको प्रतिनिधित्व गरेका थिए। सोक्रममा उनले ६ खेल खेलेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी