टेबलटेनिस लिगको सेमिफाइनल समीकरण पूरा
-1727363967.jpeg&w=3840&q=75)
काठमाडाैं। स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ। बिहीबार राउन्ड रोविन लिगको सम्पूर्ण खेल सकिएसंगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्यो।
सेमिफाइलनमा साविक उपविजेता नेपाल प्रहरी क्लबले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबविरुद्ध खेल्ने छ। अर्को सेमिफाइनलमा नव प्रवेश टोली यल टेबलटेनिस एकेडेमी र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीबीच हुनेछ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा लिगको अन्तिम दिन प्रहरी ६९ अंक, यल ६६ अंक, स्ट्याग ६५ अंक र एपीएफ ३६ अंक जोड्दै शीर्ष चार स्थानमा रहे।
७ टिम सहभागी प्रतियोगितामा होप्स टेबलटेनिस एकेडेमी ३५ अंकसाथ पाँचौं, रेड टाइल्स २८ अंकसाथ छैटौं र ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब १२ अंकसाथ सातौं स्थानमा रहँदै यात्रा टुंगाए। सेमिफाइनल शुक्रबार हुनेछ।







-1753545694.jpg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


