पथरी। पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।
गत शनिबार मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए। उनको ४५ वर्षको उमेर हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।
स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
मोरङ पथरीका राई मिस्टर काठमाडौं प्रतियोगितामा विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका थिए।