काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष इन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्।
सोमबार बानियाँले आफ्नो निवास खुमलटारमा एक कार्यक्रमकाबीच पलेशालाई एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गरेका हुन्। यस्तै प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरेका हुन्।
पलेशाले गत पेरिस पारा ओलम्पिकबाट नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्।
सम्मान कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थित थियो।