शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

डीआरएस र होराले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्ने

आइतबार, ३० भाद्र २०८१खेलपाटी संवाददाता
डीआरएस र होराले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालका दुई टिम डीआरएस गेमिङ र होरा ई–स्पोर्ट्सले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२४ खेल्ने निश्चित गरेका छन्। काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया (पीएमएसएल सीएसए) फल २०२४ फाइनल्समा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल च्याम्पियनसिपमा स्थान बनाएका हुन्।

तीन साता सञ्चालित दुई लाख अमेरिकी डलर (करिब दुई करोड ६८ लाख रुपैयाँ) पुरस्कारको प्रतियोगिता पीएमएसएल सीएसएमा सात देशका २० टिमले प्रतिस्पर्धा गरेका थिए। लिग स्टेजका शीर्ष १६ टिमले अन्तिम दिनको फाइनल्स खेल्ने अवसर पाएका थिए, जसमा डीआरएसले चौथो र होराले छैटौं स्थान हासिल गर्दै ३० लाख डलर (करिब ४० करोड २८ लाख रुपैयाँ) पुरस्कारको पीएमजीसी २०२४ को यात्रा तय गरेका हुन्।

डीआरएस १५१ अंकसहित पीएमजीसी साउथ एसिया पोइन्टको शीर्षस्थानमा रहेको आधारमा ग्लोबल च्याम्पियनसिपमा छनोट भएको हो। यससँगै डीआरएसले लगातार पाँचौंपल्ट विश्वकै सर्वाधिक प्रतिष्ठित पब्जी प्रतियोगिता खेल्ने भएको छ। डीआरएस इन्डोनेसियामा भएको ग्लोबल च्याम्पियनसिप २०२२ को उपविजेता पनि हो।

पीएमजीसी २०२४ को फाइनल्स डिसेम्बरमा लन्डन, बेलायतमा हुनेछ, जसमा आयोजक क्षेत्रका एक र लिग स्टेजका शीर्ष १५ गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछ। आयोजक क्षेत्रका टिमको रूपमा इङ्ल्यान्डका पूर्वफुटबलर डेभिड वेक्हामको गिल्ड ईस्पोर्ट्स छनोट भइसकेको छ। लिग स्टेजमा ४८ टिम हुनेछ। डीआरएस र होराले लिग स्टेज अक्टोबर–नोभेम्बरमा मलेसियामा खेल्नेछन्।

पीएमएसएल सीएसएमा १३६ अंक जोड्दै होरले पहिलोपल्ट पीएमजीसीको टिकट काटेको हो। यस प्रतियोगिताबाट होरसँगै मंगोलियाको स्टलवार्ट ई–स्पोर्ट्स (१५८ अंक), कजाखस्तानको मेजर प्राइड (१५२), रुसको डे मुएर्टे (१३४), पाकिस्तानको एएस आई ८ ई–स्पोर्ट्स (१२४) र कजाखस्तानको एओआर ई–स्पोर्ट्स (१२२) पनि पीएमजीसीको लागि छनोट भएका छन्। स्टलवार्ट पीएमजीसी २०२३ को उपविजेता हो।

मंगोलियन टिमको वर्चस्व
पीएमएसएल सीएसए २०२४ को शीर्ष तीन स्थान मंगोलियन टिमले कब्जा गर्‍यो। फोरमेकिल भाइब्स १७३ अंकसहित च्याम्पियन भयो। यो टिम पीएमजीसी २०२३ मा चौथो भएको थियो।

फ्याल्कन फोर्स (१६३) उपविजेता भयो भने स्टलवार्ट (१५८) तेस्रो स्थानमा रहे। यस्तोमा फोरमेरिकलले सेन्ट्रल एसिया र फ्याल्कनले सेन्ट्रल तथा साउथ एसिया क्षेत्रमा सर्वाधिक पीएमजीसी प्वाइन्ट बनाएको आधारमा पीएमजीसी २०२४ मा सीधै स्थान बनाए।

काठमाडौंमा पीएमजीसी २०२३ च्याम्पियन आईएचसी ई–स्पोर्ट्सको प्रदर्शन राम्रो भएन। मंगोलियाको यो टिम ८९ अंक मात्रै बटुलेर पीएमएसएल सीएसएमा १३औं स्थानमा रह्यो। त्यसैले पीएमजीसी २०२४ खेल्ने सम्भावना आमन्त्रण कोटामा निर्भर भएको छ।

ट्रफी उचालेको फोरमेकिलले ३३ हजार डलर (करिब ४४ लाख ३० हजार रुपैयाँ) हात पार्‍यो भने नेपाली टिमहरू डीआरएसले १३ हजार डलर (करिब १७ लाख ४५ हजार रुपैयाँ) र होराले आठ हजार डलर (करिब १० लाख ७४ हजार रुपैयाँ) प्राप्त गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो