पलेशा पारा एथलिट अफ दि इयर
२०२४ सेप्टेम्बर १३, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं। एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेशा गोवर्धनले पारा एथलिट अफ दि इयरको अवार्ड पाएकी छन्।
शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन्।
चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन्।
एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो।