शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसजेएफ पल्सर अवार्ड २०८० : चार विधाका मनोनयन सार्वजनिक

सोमबार, २४ भाद्र २०८१खेलपाटी संवाददाता
एनएसजेएफ पल्सर अवार्ड २०८० : चार विधाका मनोनयन सार्वजनिक
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्पmत २१औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो। चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन्।

उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्। महिलातर्पm करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा परे।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो। मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो।

यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन्। वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन्।

अवार्ड आगामी भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ। छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए।

मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिए। यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ। एनएसजेएफए आइपिएस एसियाको सदस्य हो।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन्। यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोर्ट्स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइक आधार गरिनेछ।

इसेवाको मत भदौ २७ गते राती १२ बजेसम्म खुला रहनेछ। अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ।

यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ। पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

सदाझै यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकल हो। गोल्छा ग्रुपको नाम यसअघि हंशराज हुलास चन्द एन्ड कम्पनी रहेको थियो। मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो।

सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि