‘सिमरा गोल्डकपका एक दशक’ विमोचन
शुक्रबार, ०४ माघ २०७५खेलपाटी संवाददाता

सिमरा । सिमरा गोल्डकपको एक दशक लामो इतिहाँसलाई समेटेर तयार पारिएको स्मारिका सिमरा गोल्डकपका एक दशक शुक्रबार सिमरा रङ्गशालामा विमोचन गरिएको छ ।
नवजनजागृती यूवा क्लबका लागि सिमराको हेडलाइन खबर प्रालिले प्रकाशन गरेको पुस्तक क्लबका अध्यक्ष कासिम मियाँ, पूर्व अध्यक्ष राजकुमार भट्टराई, संविधान सभाका पूर्व सदस्य जयराम दाहाल लगायतले संयूक्त रुपमा विमोचन गरेका थिए ।
सिमरा गोल्डकपको पहिलो संस्करणदेखिको इतिहाँस, क्लबका पदाधिकारीको अनुभव एवं विभिन्न व्यक्तिको आलेख समेटिएको पुस्तक हेडलाईन खबर प्रा.लि.का अध्यक्ष सुनील गाउँलेले तयार पारेका हुन् । गाउँले नेपाल खेलकुद पत्रकार मञ्च बारा समन्वय शाखाका अध्यक्ष समेत हुन् ।
















