शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सा नेपाल अब आधिकारिक समर्थकको क्लब !

शनिबार, २२ भाद्र २०८१खेलपाटी संवाददाता
बार्सा नेपाल अब आधिकारिक समर्थकको क्लब !
Loading ad...
mustang rice ad

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाको फ्यान क्लब बार्सा नेपालले 'पेन्या बार्सा दी एभरेस्ट'को रुपमा नेपालको आधिकारिक समर्थकको क्लबको रुपमा मान्यता पाएको छ । 

पछिल्लो एक दशकदेखि आधिकारिक समर्थकको क्लब हुन प्रयास गरिरहेको बार्सा नेपालले हालैमात्र सो मान्यता प्राप्त गरेको हो । 

सो अवसरमा बार्सा नेपालले काठमाडौंमा शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्यो । हालै एफसी बार्सिलोनामा आधिकारिक पेन्या समर्थक क्लबको रूपमा आफ्नो दर्ता पूरा गरेको बार्सा नेपालले भेटघाट कार्यक्रमको आयोजना गरेको हो । 

सन् २०१३ मा स्थापना भएको एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ । 

सचिव सिताराम दाहालले उपस्थित अतिथी र सम्पुर्णलाई स्वागत गरे ।

मुख्य अतिथि पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो अनावरण गरेका थिए ।

कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो, जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरिएको थियो ।
सय भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू उपस्थित कार्यक्रममा खेलकुद क्षेत्रका चर्चित अनुहार फुटबलर हरि खड्का, राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

विशेष अतिथिका रूपमा ई स्पोर्ट्स संघ नेपालका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी, सचिव आशिष दाहाल, बोर्ड सदस्य घनश्याम ढुंगेल, राष्ट्रिय फुटसल टिमका सहायक प्रशिक्षक थमन भुसालको पनि उपस्थिती थियो ।

उपस्थित सदस्यलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित 'पेन्या बार्सा दी एभरेस्ट'का क्यापहरू प्रदान गरियो, जुन स्पेनबाट आएको थियो ।

मुख्य अतिथी बिक्रम लामाले पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकका लागि एक महत्वपूर्ण उपलब्धिको रुपमा ब्याख्या गरे । उनले बार्सिलोना क्लब र नेपालमा यसको समर्पित समर्थकहरूको बीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको कथन थियो । 

पेन्या बार्सा  दी एभरेस्टका अध्यक्ष प्रकाश घर्तिले निकै प्रयासपछि आफुहरुले बार्सिलोनाबाट आधिकारिक रुपमा मान्यता प्राप्त गर्न सकिएको बताए । उनले फ्यान क्लबले खेलकुदसँगै सामाजिक काममा आफुहरुलाई अझ क्रियाशिल बनाउने उल्लेख गरे ।

कार्यक्रममा बार्सिलोनाका अध्यक्ष जुवान लापोर्टाको भिडियो सन्देश समेत प्रस्तुत गरिएको थियो । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर