शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन तीज चेसमा शान्ति च्याम्पियन

शुक्रबार, २१ भाद्र २०८१खेलपाटी संवाददाता
हिमालयन तीज चेसमा शान्ति च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं। हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रबार आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन्। उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन्।

स्विस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इसा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक ५ अंकसहित च्याम्पियन भएकी हुन्। ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन्।

दुई वर्षअघि चेन्नाइमा भएको ४४ औं ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तीज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौं चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन्। निहाना श्रेष्ठ ४ अंकसहित उपविजेता भइन्। समान ४ अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया सञ्जु तेस्रो भइन्। निहाना र अनैयाले एक मात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन्।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यु–१५ मा प्रज्ञा पन्त (४ अंक), यु–१३ मा एन्जल महर्जन (४ अंक), यु–११ मा नायुमा मगर (४ अंक), यु–९ मा प्रज्ना तुलाधर (३ अंक) र यु–७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम भए। उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन्। ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बा, मिडफिल्डर प्रीति राई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) की अध्यक्ष आरती लामा, त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी शिक्षक (लेक्चरर) विनीता नेपालीलगायत ३१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको प्राविधिक पक्ष पनि महिलाले नै सम्हालेका थिए।

एकेडेमीकी संस्थापक मोनालिसा खम्बू, पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामा, परराष्ट्र मन्त्रालयकी अधिकृत प्रतिज्ञा राईले विजेताहरूलाई पुरस्कार तथा पदक प्रदान गरे।

गत चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले नियमित रूपमा ७३ जना बालबालिकालाई चेस ट्रेनिङ दिइरहेको छ। उसले आयोजना गरेको तेस्रो प्रतियोगिता हो तीज चेस टोर्नी। उसले यसअघि एसइई कप र हिमालयन १०० सफलतापूर्वक आयोजना गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि