शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक पदक अयोग्य फोगटको ‘ब्रान्ड भ्याल्यू’ले छोयो करोड

बिहिबार, ०६ भाद्र २०८१खेलपाटी संवाददाता
ओलम्पिक पदक अयोग्य फोगटको ‘ब्रान्ड भ्याल्यू’ले छोयो करोड
Loading ad...
mustang rice ad

काठमाडौं। भारतको लागि सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेर पनि पेरिस ओलम्पिक २०२४ मा पदक जित्न असफल भएकी विनेश फोगटलाई स्वदेश फर्कँदा ओलम्पिक च्याम्पियनलाई जस्तै भव्य स्वागत गरिएको थियो। 

उनको ‘ब्रान्ड भ्याल्यू’मा पनि उच्चतम वृद्धि भएको छ, भारु २५ लाखबाट बढेर १ करोडसम्म पुगेको छ। एसियन गेम्समा समान एक स्वर्ण र कांस्य तथा वर्ल्ड च्याम्पियनसिपमा दुई कांस्य जितेकी विनेशले पेरिस ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियनको पनि चुनौती समाप्त गर्दै फाइनल पुगेकी थिइन्। 

तर, फाइनलअघि शरीरको मापनमा एक सय ग्राम तौल बढी भएपछि उनको ओलम्पिक स्वर्ण जित्ने सपना चकनाचुर भएको थियो। उनी स्वर्णको प्रतिस्पर्धाबाट वञ्चित मात्रै भइनन्, कुस्तीको नियमानुसार रजतको लागि पनि अयोग्य भइन्। 

त्यसैले फाइनल पुगेर पनि पदकविहीन हुँदै फर्किनुपर्‍यो। कुस्ती संघका अध्यक्षविरुद्ध यौन हिंसाबारे आवाज बुलन्द गरेकी विनेशले पेरिसबाट रित्तो हात फर्के पनि भारतमा उनको तारिफ र सम्मान भइरहेको छ। 

यस क्रममै उनको इन्डोर्समेन्ट (व्यावसायिक प्रवर्द्धनका लागि गरिने सम्झौता) मूल्यमा रजत पदक विजेता नीरज चोपडा र दुई कांस्य जितेकी सुटर मनु भाकरको जस्तै उच्च वृद्धि भएको छ। २९ वर्षीया उनको ब्रान्ड भ्याल्यू पहिला प्रतिब्रान्ड वार्षिक भारु २५ लाख (नेपाली रुपैयाँ ४० लाख) थियो भने पेरिस ओलम्पिकपछि बढेर भारु ७५ लाखदेखि एक करोडसम्म (नेपाली रुपैयाँ एक करोड २० लाखदेखि एक करोड ६० लाखसम्म) पुगेको छ।

उनलाई इन्डोर्समेन्ट सम्झौताको लागि खाद्य, न्युट्रिसन, ज्वेलरी, बैंकिङ, शैक्षिकलगायतका १५ वटाभन्दा बढी कम्पनीको प्रस्ताव आएको इकोनोमिक टाइम्सले जनाएको छ। मनवीरसिंह फोगटको प्रशिक्षणमा हरियाणाको कुस्ती खेल्ने छोरीहरूको परिवारकी विनेश तेस्रोपल्ट ओलम्पिकमा सहभागी भएकी हुन्।  

पेरिस ओलम्पिकको पहिलोचरणमा सनसनीपूर्ण प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन तथा वर्ल्ड च्याम्पियन याई सुसाकी (जापान)लाई पराजित गरेकी थिइन्। त्यसपछि युक्रेन र सेमिफाइनलमा क्युवाका खेलाडीलाई हराएर फाइनल पुगेकी थिइन्। तर, फाइनल खेल्ने दिनको तौल मापनमा एक सय ग्राम बढी पाइएपछि उनी पदकविहीन मात्रै होइन, सबैभन्दा तल्लो वरीयतामा झर्नुपर्‍यो।

निराश हुँदै उनले कुस्तीबाट सन्न्यास घोषणा गरिन्। रजतपदक पाउनुपर्ने अपिलमा तटस्थ अदालतको फैसला पनि उनको पक्षमा भएन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने