काठमाडौं। केदारेश्वरमान स्थापितले ११औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
काजकिस्तानको ओस्केमेनमा जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगिताको इन्क्लाइन बेन्च प्रेसको मास्टर्स २ क्याटगोरीको ५० वर्षमाथि पुरुष ७२ देखि ७६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।
उनले कुल १ सय ९५ केजी भार वहन गरे। केदारेश्वरका अनुसार उनको स्पर्धामा विभिन्न ९ राष्ट्रका त्यत्ति नै खेलाडी सहभागी थिए। किर्गिस्तानका खेलाडी दोस्रो तथा चीनका खेलाडी तेस्रो भए।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई सफलताका लागि आइतबार बधाई दिए। उनले २०२२ को नवौं तथा २०२३ को १० औं गरी दुवै संस्करणमा रजत जितेका थिए।