काठमाडौं। वाइसीएचका सक्षम शाक्यले पुष्पराज शाक्य स्मृति तेस्रो ट्राई सिरिज टेबल टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन्।
उनले फाइनलमा आईएससीका स्वयंलाई ३–२ को सेटमा पराजित गरे। आईएससीका सुप्रिन्स महर्जन र खोल्छका उसान बज्राचार्य तेस्रो भए।
खोल्छ पुखु खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुला सिंगल्समा वाइसीएचका सन्जिल शाक्यले स्वर्ण, आईएससीका राजेन्द्र बज्राचार्यले रजत तथा आईएससीका खोल्छका नदिमरत्न शाक्य र अशोक महर्जनले कांस्य हात पारे।
पुरुष डबल्समा वाइसीएचका सुमन शाक्य र सन्जिल शाक्यको जोडी पहिलो, खोल्छका नदिमरत्न शाक्य र समीप श्रेष्ठको जोडी दोस्रो, आईएससीका राजेन्द्र बज्राचार्य र मनीष खरेल तथा अशोक महर्जन र सुशील बज्राचार्यको जोडी तेस्रो भए। पुरुष टिम इभेन्टमा वाइसीएच, आईएससी र खोल्छ क्रमशः शीर्ष तीन स्थानमा रहे।
विजेतालाई ललितपुर महानगरपालिका वडा ११ का अध्यक्ष अरोजकुमार खड्गी, टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।