शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

घोषणा गरेको २ वर्ष पुग्दा पनि अझै पाएनन् खेलाडीले पुरस्कार

शुक्रबार, ३२ श्रावण २०८१खेलपाटी संवाददाता
घोषणा गरेको २ वर्ष पुग्दा पनि अझै पाएनन् खेलाडीले पुरस्कार
Loading ad...
mustang rice ad

मकवानपुर। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुदमन्त्री मीनकृष्ण महर्जनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।

बिहीबार खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलीले मन्त्री महर्जन समक्ष ज्ञापनपत्र बुझाएको हो।

तत्कालीन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट विभिन्न पदक प्राप्त खेलाडीहरूलाई पुरस्कार दिइने भनेर घोषणा गरेको २ वर्ष समय पुग्दा पनि पुरस्कार नदिएको विषयप्रति खेलाडीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा २०७९ साल कार्तिक महिनामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्रदेशबाट नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा भए पनि हालसम्म पनि पुरस्कार नपाएकाले खेलाडीहरूमा निराशाजनक अवस्था सिर्जना भएको ज्ञापनपत्रमा उल्लेख छ।

पूर्वघोषित पुरस्कारमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार पुरस्कार रहेको थियो।

खेलाडीहरूले पुरस्कार रकम २ करोड २४ लाख रुपैयाँ  माग गरेका छन्। ध्यानाकर्षण बुझ्दै मन्त्री महर्जनले पुरस्कार माग रकम खेलकुदको नीति नियम भन्दा माथि भएकाले अर्थ मन्त्रालयले बजेट उपलब्धमा सहमति नजनाएको बताएका छन्।

उनले आफू पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीव्रता दिइएको बताए। लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडीको हितका लागि मन्त्रालयले तीव्रताका साथ काम गर्ने उनले बताए।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने