काठमाडौं। ग्रिनल्यान्ड स्कुलको आयोजनामा १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा तीन विधामा ६४ टिमको सहभागिता रहने ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।
सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्ड, सिनियर गल्र्समा भ्याली पब्लिक र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी डिफेन्डिङ च्याम्पियन हुन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले बताए। भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजक ग्रिनल्यान्डकै कोर्टमा खेलाइने छ। प्रतियोगितामा जम्मा १ सय १६ खेल हुनेछ।