आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

अमेरिका कसरी बन्यो ओलम्पिकमा नम्बर १ ?

सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता
अमेरिका कसरी बन्यो ओलम्पिकमा नम्बर १ ?
Loading ad...
mustang rice ad

काठमाडौं। महिला बास्केटबलको रोमाञ्चक फाइनलसँगै ३२ खेलमा दुई साताभन्दा बढी भएको पेरिस ओलम्पिक २०२४ को प्रतिस्पर्धा समाप्त भएको छ। अर्थात्, लस एन्जलस, अमेरिकामा भेट्ने वाचासहित चार वर्षको लागि गृष्मकालीन ओलम्पिकले बिदाइ लिएको छ।

राजनीतिक र व्यावसायिक रूपमा चर्को प्रतिस्पर्धी रहेका अमेरिका र चीनबीच विश्व खेलकुदको महाकुम्भमा पनि प्रतिस्पर्धी निक्कै चर्को छ। यी दुई देशको प्रतिस्पर्धा सबभन्दा बढी स्वर्ण पदक जितेर पदक तालिकामा नम्बर १ स्थानमा को रहने भन्ने हो।

पेरिसमा १० हजार बढी खेलाडीले ३ सय २९ स्वर्ण (स्पर्धा) को लागि गरेको प्रतिस्पर्धामा अमेरिका नम्बर १ बन्यो। तर, उसलाई पदक तालिकाको शीर्षस्थानमा रहन सजिलो भएन, चर्को चुनौती बेहोर्नुपर्‍यो। पेरिस ओलम्पिकको अन्तिम स्पर्धा महिला बास्केटबलको फाइनल रहेको थियो, जसमा जित हात पारे मात्रै अमेरिका पदक तालिकाको शीर्षस्थानमा पुग्ने थियो।

अमेरिकाले ३८ स्वर्णसहित अन्तिम दिन आइतबारको खेल सुरु गरेको थियो। चीन ३९ स्वर्णसहित शीर्षस्थानमा थियो। तर, महिला बास्केटबलमा अमेरिका स्वर्णको मुख्य दाबेदार थियो। किनभने उसले सन् १९९६ यता ओलम्पिकमा सबै खेल जितेको थियो। अमेरिकालाई साइक्लिङ, कुस्ती, भलिबलमा पनि स्वर्ण जित्ने अवसर थियो भने चीनलाई भारोत्तोलनमा।

ली वेन्वेनले महिला ८१ केजीमाथि सफलता हासिल गर्दै चीनको स्वर्ण संख्या थपिदिइन्। यता अमेरिकी महिला भलिबल टिम र कुस्ती खेलाडी केनेडी ब्लेड्स रजतमा सीमित भए। तर, जेनिफर भ्यालेन्तेले ट्याक साइक्लिङको ओलम्पिक उपाधि रक्षा गर्दै पदक तालिकाको शीर्षस्थानमा उक्लिने अमेरिकाको आशा कायमै राखिइन्। त्यसैले, सबैको ध्यान महिला बास्केटबल फाइनलले तान्यो।

पदक तालिकाको शीर्षस्थान हासिल गर्न फाइनल जित्नै पर्ने अवस्था आइपरेपछि चर्को दबाबमा केही अमेरिकी खेलाडी नर्भस नै भए। तर, ओलम्पिकमा जितको श्रृंखलालाई ६० खेल पुर्‍याउँदै महिला बास्केटबलमा लगातार आठपल्ट ओलम्पिक च्याम्पियन बन्यो, जसले अमेरिकालाई पदक तालिकाको नम्बर १ बनाउँदै पेरिस २०२४ को यात्रा टुंग्याइदियो।

बास्केटबल फाइनलमा घरेलु टिम फ्रान्सले कडा चुनौती दिएको थियो। अन्तिम सेकेन्डसम्म चलेको प्रतिस्पर्धामा अमेरिकाले ६७–६६ ले फाइनल जित्यो। यो उपाधिसँगै अमेरिकाले स्वर्ण संख्या चीन समान ४० बनायो। स्वर्ण बराबरी भएपछि धेरै रजत पदक जितेको आधारमा अमेरिका पदक तालिकाको नम्बर १ बनेको हो। उसले ४४ रजत पदक जित्यो भने चीनको पक्षमा २७ रजत रह्यो।

जापान २० स्वर्णसहित तेस्रो स्थान रह्यो। तीन वर्षअघि टोकियो ओलम्पिकमा पनि जापान तेस्रो भएको थियो। अस्ट्रेलियाले अहिलेसम्मकै सबभन्दा राम्रो प्रदर्शन गर्ने क्रममा १८ स्वर्णसहित चौथो स्थान हासिल गर्‍यो। आयोजक फ्रान्स १६ स्वर्णसहित शीर्ष पाँचमा रह्यो, जुन पेरिसमै सन् १९०० मा भएको ओलम्पिकयता फ्रान्सको सबभन्दा राम्रो नतिजा हो।

नेदरल्यान्ड्स (१५ स्वर्ण), बेलायत (१४), दक्षिण कोरिया (१३), इटाली (१२) र जर्मनी (१२) शीर्ष दसमा रहे। बेलायतको सन् २००४ यता पहिलोपल्ट शीर्ष पाँचबाट बाहिरिएको हो।

सन् २०२८ को गृष्मकालीन ओलम्पिकमा पनि अमेरिका पदक तालिकाको शीर्षस्थानमा रहने अपेक्षा गरिएको छ। किनभने त्यो ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुँदैछ। परम्परागत रूपमै आयोजक टिमले ओलम्पिकमा राम्रो प्रदर्शन गर्ने गरेको छ। त्यसो त अमेरिका ओलम्पिकमा परम्परागत शक्ति नै हो।

तर, अमेरिका गृष्मकालीन (समर) ओलम्पिकमा जस्तै विन्टर (हिउँदे) ओलम्पिकमा भने प्रभावशाली वा शक्तिशाली छैन। उसले सन् १९३२ पछि पदक तालिकामा शीर्षस्थान ओगट्न सकेको छैन। विन्टर ओलम्पिकको पछिल्ला दुई संस्करणमा ६० लाखभन्दा थोरै जनसंख्या भएको देश नर्वे नम्बर १ बनेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

हारबाट मियामीले नयाँ सिजन सुरुआत

हारबाट मियामीले नयाँ सिजन सुरुआत

शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित