साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो
शनिबार, कार्तिक २३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित वेलिङ्टन फिनिक्सले नयाँ प्रशिक्षक बिभ प्रिस्टम्यानको नेतृत्वमा निन्जा ए-लिग सिजनको सुरुआत १–१ को बराबरीसँग गरेको छ।
यो खेलमा दुईवटा गम्भीर एसीएल चोटबाट निको भएर फर्किएकी मारिसा भान डे मीरले प्रेरणादायी प्रदर्शन गर्दै गोल गरिन्। २३ वर्षीया न्यूजिल्यान्डकी युवा अन्तर्राष्ट्रिय खेलाडी भान डे मीर नोभेम्बर २५, २०२३ पछि पहिलोपटक मैदानमा फर्केकी थिइन्।
उनको लामो प्रतीक्षापछि फर्किने यात्राको परिणाम ३९औं मिनेटमा आएको गोल बनेको थियो। त्यसअघि जोसेफिन आउलिसिनोले सुरुआती गोल गरेकी थिइन्।
वेलिङ्टनले पहिलो चरणमा बाइ पाएको थियो। यस नतिजासँगै वेलिङ्टनले नयाँ सिजनको पहिलो अंक हासिल गर्यो भने क्यानबेराले पनि गत हप्ता न्यूकासल जेट्ससँगको हारपछि पहिलो अंक पायो।











