काठमाडौं। नेपालका महिला तथा पुरुष दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा सेमिफाइनल प्रवेश गरेका छन्।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित पुरुष टोलीले घरेलु टोली भुटान, उज्वेकिस्तान र ताजकिस्तानलाई समान २-० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ।
बिहीबारको खेलमा भने नेपाल माल्दिभ्ससँग २-० को सेटमा पराजित भएको थियो। महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडीले पनि शुक्रबार भुटानलाई २-० र माल्दिभ्सलाई २-१ को सेटमा पराजित गरे। बिहीबार नेपालले उज्बेकिस्तानलाई २-० को सेटमा हराएको थियो।